Font   font-increse   font-dicrese

ब्लाइन्ड रक्स : बेनिशा फिचर ‘उड्यो मन’ गीत रिलिज (भिडियो)

 ‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि रेडी छ । बायोपिक ड्रामाले विहिबार पहिलोपटक गीत रिलिज गर्‍यो । बेनिशा हमाल फिचरिङ ‘उड्यो मन...’ गीतमा कत्थक नृत्य र शाष्त्रिय संगीतको स्वाद मिश्रण छ । 

 
 
 
 
हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बानिका प्रधानले गुनगुनाएकी छन् । नरेश भट्टराईका शब्द छन् । ‘धेरैपछि दर्शकले शाष्त्रिय संगीतको स्वाद लिन पाउँछन्’ निर्देशक मिलन चाम्सले भने, ‘यसमा कत्थक र क्लासिकल टेस्ट मिश्रण गरिएको छ ।’
 
दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन पेश गर्ने बायोपिक सिनेमामा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । 
 
 
 
लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित सिनेमा फागुन १८ गते (मार्च २) सिनेमा देशव्यापी प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकदिनअघि हङकङ प्रदर्शन गरिँदैछ । माघको पहिलो साता सिनेमाले देशव्यापी टुर समेत थाल्दैछ । एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सिनेमा निर्माण भएको हो । 
 
10 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.