Font   font-increse   font-dicrese

'बब्बी' अन्तराष्ट्रिय प्रिमियर नर्वेमा, नर्वेजियन भाषामा हुनेछ सवटाइटल

बायोपिक सिनेमा 'बब्बी'को अन्तराष्ट्रिय प्रिमियर नर्वेको राजधानी ओस्लोस्थित भिका हलमा हुने भएको छ । निर्माताले विज्ञप्ती जारी गर्दै आगामी बैशाख २७ गते (मे १०)मा रेडकार्पेट प्रिमियर हुन लागेको जनाए । 

 

 

 
नर्वेली दर्शक समेतको सहभागितामा सिनेमा प्रिमियर गर्न लागेको निर्माता एवं निर्देशक मिलन चाम्सले बताए । नेपाल रिलिज डेट तय नगरिसकेको यो सिनेमामा उमेश थापा र कविता गुरुङको मुख्य अभिनय छ । 
 
 
 
 
 
यी दुईको वास्तविक प्रेमकथामा सिनेमा बनेको हो । पेशाले इन्जिनियर थापा र होटल व्यवस्थापक गुरुङ नर्वेमा बसोबास गर्दै आएका छन् । उनीहरुकै पहलमा सिनेमा प्रदर्शन गर्न लागिएको हो । 
 
चाम्स इन्टरटेनमेन्ट र लन्डन आइ सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमामा विजय लामा, रुवि राणा, रवी गिरी, सुरविर पण्डित, पूर्णिमा लामा लगायतको अभिनय छ । 
 
20 dislike 18

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.