Font   font-increse   font-dicrese

अमेरिकी दुतावासद्धारा काठमाडौंमा देखाइने १२ फिल्मको लाइनअप घोषणा

काठमाडौंस्थित अमेरिकी दुतावासले नेपाल प्रदर्शन हुने १२ हलिउड फिल्मको लाइनअप सार्वजनिक गरेको छ । राजदूत अलैना बी तेप्लिजले क्लासिक अमेरिकन फिल्म सिरिजअन्तर्गत प्रदर्शन हुने सिनेमा सूचि प्रकाशमा ल्याएकी हुन् । 
 
 
 
 
 
सूचिमा जनवरीदेखि डिसेम्बरसम्मै प्रदर्शन हुने अमेरिकी सिनेमा समावेश छन् । जनवरीमा प्लानेट बी ब्वाइ, फेव्रुअरीमा अस्कर विजेता फिल्म स्पटलाइट, मार्चमा अ लिग अफ दियर वन, अप्रिलमा वाक द लाइन प्रदर्शन हुनेछन् । 
 
 
 
 
 
मेमा टु किल अ मेकिङगार्ड, जुनमा द आइरन जायन्ट, जुलाइमा ब्रीक, अगस्टमा ग्लोरी, सेप्टेम्बरमा ह्यारोल्ड लोयड, अक्टोबरमा इटी, नोभेम्बरमा मिस्टर स्मिथ गोज टु वासिङ्टन र डिसेम्बरमा मिट मी इन सेन्ट लुइस रहेका छन् । दुतावासले यी सिनेमालाई प्रत्येक महिनाको अन्तिम विहिबार क्यूएफएक्स कुमारी सिनेमा घरमा प्रदर्शन गर्दै आएको छ । 
 
12 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.