Font   font-increse   font-dicrese

हलिउड अभिनेत्री ओफ्रा विन्फ्रे २०२० को अमेरिकी राष्ट्रपतिय चुनाव लड्ने

हलिउड अभिनेत्री ओफ्रा विन्फ्रेले सन् २०२० को अमेरिकी राष्ट्रपतिय चुनाव लड्ने भएकी छन् । सोमबार बिहान गोल्डेन ग्लोब्स अवार्डमा सशक्त भाषण दिएपछि पुनः चर्चामा आएकी एक्ट्रेस एवं टेलिभिजन पर्सनालिटी ह्वाइट हाउसका लागि लड्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । 

 

 

 
उनी निकट स्रोतले विन्फ्रेले चुनाव लड्ने मनस्थिती बनाएको र अहिल्यैदेखि डेमोक्राट दलको उम्मेदवारमा लबिङ थालेको जनाइएको छ । केही हलिउड मिडियाले उनको गोल्डेन ग्लोब्स भाषण राजनीतिमा सक्रिय हुने संकेत रहेको र ट्रम्पका लागि चुनौति बनेको बताएका छन् । 
 
उनले उक्त भाषणमा अमेरिकी मिडिया र हलिउडमा महिलामाथि हुने यौन शोषणको चर्को विरोध गरेकी थिइन् । उनको भाषणलाई हलिउड अभिनेत्री मात्र होइन राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले समेत प्रशंसा गरेकी छन् । यौन शोषणविरुद्ध चलेको मीटु मुभमेन्टको समर्थनमा उनीसहितका कलाकारले कालो पहिरन लगाएर उपस्थित भएका थिए । 
 
गोल्डेन ग्लोब्समा विन्फ्रेलाई लाइफटाइम अचिभमेन्ट प्रदान गरियो । ६३ वर्षिया उनी फोब्र्स म्यागजिनको सूचिमा अमेरिकाकै तेस्रो धनी महिला हुन् । टाइम म्यागजिनले विन्फ्रे र ट्रम्पबीच सम्पत्ति, पृष्ठभूमि, लोकप्रियता लगायत धेरै कुरामा समानता रहेको लेखेको छ । 
1 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.