Font   font-increse   font-dicrese

डा. केसी पक्राउ विरोधमा कलाकार सडकमा !
२५ पुस (काठमाडौं)

डा. गोविन्द केसी पक्राउको विरोधमा सिनेमा कलाकार समेत सडकमा उत्रिएका छन् । मंगलबार बिहानै उनीहरु माइतीघर मण्डलामा भेला भएर रिहाइका लागि माग गरे । 

 

 

 
नेपालबाट यसवर्ष अस्कर अवार्डमा प्रतिस्पर्धा गरेको सिनेमा सेतो सूर्य अभिनेता रविन्द्रसिंह बानियाँ, अभिनेता एवं निर्माता निर्मल शर्मा लगायत फिल्म समिक्षक, लेखक मण्डलामा उपस्थित थिए । उनीहरुले मुद्दा खारेजीको समेत माग राखेका छन् । 
 
सामाजिक संजालबाट समेत अधिकांश कलाकारले पक्राउको विरोध गरेका छन् । अभिनेता अनुप बरालले फेसबुकमार्फत डा. केसीलाई बिनासर्त रिहाइको माग गरेका छन् । 
 
अभिनेता बानियाँले उपन्यासकार अमर न्यौपानेको पुस्तकबाट वाक्य सापटी लिँदै लेखेका छन्, ‘तिमी भिलेन बनाउन खोज्छौ । उनी हिरो भैदिन्छन्, किनभने तिमीसँग शक्ति छ । उनीसँग सत्य छ ।’ सर्वोच्च अदालतको आदेशमा सोमबार बेलुका प्रहरीले केसीलाई शिक्षण अस्पतालमा आमरण अनसन स्थलबाटै पक्राउ गरेको थियो । 
9 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.