Font   font-increse   font-dicrese

दयाहाङको 'मिस्टर झोले'ले घोषणा गर्‍यो कभर गीत विजेता

पछिल्लो समय भिडियो साझेदारी साइट युट्युव लक्षित प्रतियोगितालाई सिनेमाले आफ्नो पब्लिसिटीमा प्राथमिकता दिन थालेका छन् । दयाहाङ राई स्टारर 'मिस्टर झोले'ले केही महिना पहिले कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो । 

 

 

 
सोमबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले प्रतिस्पर्धाका सर्वोत्कृष्ट तीनलाई पुरस्कृत गरे । सिनेमाको चर्चित गीत ओखतीमाथि प्रतिस्पर्धा आयोजना गरिएको थियो । 
 
क्रिस्टल क्लाउज क्रु पहिलो, किसन एन्ड डान्स क्रु दोस्रो र द डायनामिक क्रु तेस्रो भए । पहिलोले १ लाख ५५ हजार रुपैयाँ, दोस्रोले १ लाख २५ हजार र तेस्रोले १ लाख ५ हजार रुपैयाँ नगद प्राप्त गरे । 
 
अभिनेता राई र अभिनेत्री दीया पुन उपस्थित समारोहमा विजयीलाई पुरस्कृत गरियो । टेकेन खड्का र सिनेमा आर्ट्स निर्मित सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । वर्षा राउत, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । 
 
पहिलो कभर भिडियो :-
 
 
देस्रो कभर भिडियो :-
 
 
 
 
तेस्रो कभर भिडियो :-
 
 
25 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.