Font   font-increse   font-dicrese

हलमा सिनेमा संकट : चार फिल्म पुनः प्रदर्शनमा

अचम्म लाग्न सक्छ : रिलिज भैसकेका फिल्म धमाधम किन पुनः प्रदर्शन हुँदैछन् ? किनभने अहिले नेपाली सिनेमा घरसँग नयाँ फिल्म छैनन र बाध्यतावश पुनःप्रदर्शनमा उत्रिएका छन् । 

 

 

 
क्यूएफएक्सले यसअघि नै प्रदर्शन भैसकेका प्रेमगीत २, छक्का पञ्जा २, २ रुपैयाँ, फाटेको जुत्ता पुनः रिलिज गरेको छ । यी फिल्मले यसअघि बक्सअफिसमा राम्रो व्यापार गरिसकेका थिए । पुनः रिलिजमा पनि दर्शक उल्लेख्य छैनन । 
 
यसो हुनुमा भारतीय सिनेमा पद्मावती रिलिज अन्तिम समयमा रोकिनुले हो । सेन्सर विवादले संजयलीला भन्साली निर्देशित सिनेमा अनिश्चित बनेपछि यसको असर नेपाली हलमा देखिएको हो । भारतीय र नेपाली निर्माताले पद्मावतीकै लागि भनेर २ साता मैदान खाली गराएका थिए । 
 
यो संकट बेला बेलामा नेपाली फिल्म हलहरुमा उत्पन्न हुने गरेको छ । क्राइसिस खेपिरहेका हलहरु अहिले अर्को भारतीय सिनेमा टाइगर जिन्दा है रिलिज पर्खाइमा छन् जुन २२ डिसेम्बरमा प्रदर्शन हुँदैछ । 
 
सन्नी लियोनी स्टारर तेरा इन्तजार संकट समाधानका लागि ल्याइएपनि यसले संकट टार्न सकेन । बरु, जस्टिस लिग लगायतका हलिउड फिल्म प्रभावशाली देखिएका छन् । अर्कोतर्फ आउँदो सातासम्म चुनावी मनोविज्ञानले गर्दा दर्शक हलसम्म जाने स्थिती नहुनसक्छ । 
 
6 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.