Font   font-increse   font-dicrese

महिनादेखि बेलायत टुरमा 'ब्लाइन्ड रक्स' | नेपाल रिलिज फागुन १८ मा

बायोपिक सिनेमा 'ब्लाइन्ड रक्स' अहिले विदेश यात्रामा छ । उसको यात्रा बेलायती सहरमा जारी छ । नेपाली बहुल डायस्पोरामा अहिलेसम्म दर्जनौं प्रदर्शनी आयोजना गरियो । 

 

 

 
यसैसाता फिल्मलाई ब्लान्डफर्ड र ग्लस्टर क्षेत्रमा देखाइयो । नेत्र राईले ब्लान्डफर्ड टाउन र अर्जुन सुब्बा ग्लस्टरमा देखाए । प्रायः नेपाली फिल्मको प्रदर्शनी सुनसान हुने बेलायती टाउन र सहरमा अहिले ब्लाइन्ड रक्सले माहौल तताएको छ । 
 
 
 
 
 
‘प्रतिक्रियाले निकै खुशि बनाएको छ’ लन्डनबाट निर्माता निकेश लिम्बुले भने, ‘गौरी मल्ल र बेनिशा हमालको जीवन्त अभिनयलाई दर्शकले खुबै रुचाएका छन् ।’ अन्य थलोबाट समेत फिल्मलाई लिएर उत्साहप्रद समिक्षा आएको लिम्बु बताउँछन् । 
 
 
 
 
 
अल्डरसटमा रातो गलैंचा प्रिमियरपछि सुरु भएको ब्लाइन्ड रक्स प्रदर्शन न्यूटन, मिडस्टोन, रिडिङ, अक्सफोर्ड, अल्डरसट, क्याट्रिकमा सम्पन्न भैसकेको छ । टिडवर्थ, स्विन्डन, फल्कस्टोन, असफोर्ड, उलवीच, कोलचेस्टर, लन्डन, वेल्स र स्कटल्यान्डमा देखाइने तयारी छ । 
 
 
 
 
 
नेपालमा फागुन १८ गते रिलिज हुँदैछ । प्रतिभाशाली दृष्टिविहिन युवती सृष्टि केसीको जीवनमाथि बनेको सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सृष्टिको भूमिकामा बेनिशाले अभिनय गरेकी छन् । रातो घर निर्माता लिम्बुको यो दोस्रो प्रोजेक्ट हो । नेपाल रिलिजमा सहभागि हुन निर्माता लिम्बु काठमाडौं आउने तयारीमा छन् । 
7 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.