Font   font-increse   font-dicrese

'लालपुर्जा' गीत 'मितेरी एन्थेम'मा सौगात-मिरुना रोमान्स (भिडियो)

सिनेमा 'लालपुर्जा'को पहिलो गीत मितेरी एन्थेम लन्च भएको छ । भिडियो साझेदारी साइट युट्युवमा सार्वजनिक रोमान्टिक गीतमा सौगात मल्ल, मिरुना मिगर लगायत फिचर छन् । 

 

 

 
जेसन कुवँरद्धारा संगीतबद्ध गीतलाई उनी स्वयमले लेखेका हुन् । कुँवरसँग मिलेर अञ्जनबाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाइँ र पुष्प पलाञ्चोकेको स्वर समावेश छ । 
 
हेर्नूस गीत : 
  
 
 
 
ग्रामिण हिमाली परिवेशमा छायांकन गरिएको गीत कर्णप्रिय महसुस हुन्छ । निगम श्रेष्ठ निर्देशित सिनेमामा सौगातसहित बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान र कुमार नगरकोटीको समेत अभिनय छ । 
 
नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमालाई नेगेटिभ बुद्ध ब्यानरमा विक्रमसिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् । सिनेमा माघ ४ मा रिलिज हुँदैछ । 
 
13 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.