Font   font-increse   font-dicrese

एक्ट्रेस परमिता राणाद्धारा फेसन ब्रान्ड 'नायला' लन्च

सेलेब्स भन्ने वित्तिकै फेसन पर्याय मानिन्छ । तर, जमाना बदलिएको छ । सेलेब्स फेसन ब्रान्ड लन्चमै अग्रसर हुन थालेका छन् । आफ्नै काइदा र टाइपका ब्रान्ड लन्च गर्न उनीहरु जागरुक देखिन्छन् । 

 

 

 
परमिता राणा भर्सटाइल अभिनेत्री, गायिका र मोडल हुन् । 'चपली हाइट २' डेब्यु एक्ट्रेस फ्यानका लागि दुई नयाँ खबर छन् । एउटा उनी लिड हिरोइन हुने नयाँ फिल्म केही दिनमा घोषणा हुँदैछ । दोस्रो : उनको आफ्नै फेसन ब्रान्ड नायला लन्च भएको छ । 
 
चिसिएको काठमाडौंमा हट गायकी र पर्फमेन्स पस्कँदै शनिबार राणाले नायला शुभारम्भ गरिन् । राजधानीको कर्म लाउन्जमा आयोजित जमघटमा ब्रान्ड लन्च गरियो । ब्रान्डलाई नेपालमा स्थापित गर्न उनले आफ्नै कम्पनीका साथीहरुसँग टीमअप गरेकी छन् । 
 
 
 
 
 
‘अहिले न्यूयोर्क र लस एन्जल्सको शैली आत्मसात गरेर त्यसलाई नेपाली स्टाइलमा ढालेर विक्री थालेका छौं’ उनी भन्छिन्, ‘बजारको चल्ती, स्टाइलभन्दा भिन्न डिजाइन तयार पारेर ग्राहकको मन जित्नुमा नायला लक्षित हुनेछ ।’
 
अहिले सर्ट, पाइन्ट र ज्याकेट उत्पादन गरिरहेको ब्रान्ड निकट भविष्यमा लेदर उत्पादनमा पनि सक्रिय हुने भएको छ । लुगासँगै एस्सेसरिजमा पनि ब्रान्डलाई अघि बढाउने सोच छ । ४ हजारदेखि सात हजारसम्मको मूल्यमा ग्राहकले नायलाका उत्पादन खरिद गर्न सक्ने छन् । 
 
 
 
 
 
उक्त लन्च सेरेमोनीमा राणाले आफ्नै गायकीमा अंग्रेजी हिट नम्बरहरु सुनाएकी थिइन् । उनलाई गायकीमा नास्टी लगायतका ¥यापरहरुले साथ दिएका थिए । 
8 dislike 5

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.