Font   font-increse   font-dicrese

नेवारी पहिरनमै ठाँटिएर इकुले मनाए योमरी पुन्ही

सिनेमा 'फिर्के'ले दर्शकसँगै आइतबार योमरी पुन्ही सेलिव्रेट गरेको छ । राजधानीका विभिन्न स्थानबाट निकालिएका र्‍यालीमा सहभागिता जनाउँदै निर्देशक र कलाकारको टीमले फिल्म प्रचार गर्‍यो । 

 

 

 

 

 

 
नेवारी समुदायले उक्त दिन योमरी पुन्ही मनाउने गर्छन् । सुन्धाराको मंगलटोल, बसन्तपुर, असन, हनुमानढोका लगायतको थलोमा र्‍याली निकालिएको थियो । 
 
निर्देशक रवि डंगोल, अभिनेता सुलेमान शंकर इकु र फिल्मका अन्य टीम सहभागि थिए । ‘फ्यान र दर्शकमाझ हामीले राम्रोसँग पब्लिसिटी गर्न सक्यौं’ उत्साहित मुद्रामा इकुले मेरोसिनेमासँग भने । 
 
नेवारी भेषभुषामै उपस्थित भएर फिर्के टोलीले पुन्ही मनायो । नेपाल भाषाको फिल्ममा समेत सक्रिय निर्देशक डंगोलले फिर्के निर्देशन गरेका हुन् । खासगरि, बाल दर्शकमाझ इकु पात्रले चर्चित सुलेमानलाई यसमा समेत रुचाइने विश्वास छ । 
 
क्रिस्टिना पौडेल, ऋचा शर्मा, अर्पण थापा, उज्जु डार्लिङको समेत अभिनय रहेको फिल्मलाई ओमलाल गुरुङ र राजेश श्रेष्ठले निर्माण गरेका हुन् । सिनेमा पुस २१ मा रिलिज हुँदैछ । 
 
 
0 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.