Font   font-increse   font-dicrese

'बटरफ्लाइ' ट्रेलरमा थ्रील, रोमान्स र रहस्य
१५ मंसिर (काठमाडौं)

पौष २८ लाई प्रदर्शन मिति तय भएको फिल्म 'बटरफ्लाइ'को ट्रेलर रिलिज भएको छ । युट्युवमा रिलिज ट्रेलरमा अभिनेता आर्यन र अभिनेत्री प्रियंका कार्कीको प्रेमभाव झल्केको छ । एक दृश्यमा आर्यनले प्रियंकाको लिप्स चुम्छन् । ट्रेलरमा प्रेम, रोमान्स र रोदन हाबी छ । 

 

 

 
ओम प्रतिक गुरुङ निर्देशित फिल्मको यसअघि नै सार्वजनिक 'म गाउँदिन अब गीत' बोलको गीत हिट लिस्टमा परिसकेको छ । फिल्ममा प्रियंका र आर्यनसँगै अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लिड रोलमा छन् ।   
 
अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यो फिल्ममा एक्सन कुमार महर्जनको छ कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन् । सुरेश बज्राचार्यले खिचेको 'बटरफ्लाइ'को कथा निर्देशक गुरुङको नै हो । 
 
फिल्मलाई  पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् भने रमेश प्रजापती कार्यकारी निर्माता रहँदा सह निर्मातामा सरोज शाह, मन्दिप श्रेष्ठ छन् भने लाइन प्रोड्युसरमा माधव पण्डित र लक्ष्मण पौडेल छन् । एक्सन लभस्टोरी जनरा बोकेको फिल्म 'म त तिम्रो होइन र' डेब्यू ब्वाइ आर्यनको यो दोश्रो प्रोजेक्ट हो ।
 
 
 
11 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.