Font   font-increse   font-dicrese

केकी नाजिर स्टारर 'राज्जा रानी' ट्रेलर लन्च
१५ मंसिर (काठमाडौं)

केकी अधिकारी र नाजिर हुसेन स्टारर 'राज्जा रानी'को अफिसियल ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक समारोहमा निर्माताले कमेडीले भरिपूर्ण ट्रेलर लन्च गरेका हुन् । 

 

 

 

 
माया, संघर्ष र बदला चित्रण गर्ने सिनेमालाई याम थापाले निर्देशन गरेका हुन् । पश्चिम नेपालको भूगोल र समाज चित्रण गर्ने सिनेमामा आञ्चलिक भाषा र लवज सुन्न सकिन्छ । 
 
रमेश एमके पौडेल निर्मित फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको अभिनय छ । ट्रेलर लन्च समारोहमा बोल्दै केकीले फिल्मबाट आफू खुशि रहेको बताइन् । 
 
‘कथावस्तु मलाई निकै मनपरेको छ । यसले मनोरञ्जनमात्र होइन सामाजिक सन्देश समेत प्रवाह गर्छ’ केकीले भनिन् । नाजिर भने अर्को एक फिल्म छायांकनका लागि मोफसलमा छन् । 
 
आफू नेपालगञ्ज र आसपासको बासिन्दा भएकाले पनि कथा वाचनमा सजिलो महसुस भएको निर्देशक थापाले बताए । ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन छ । 
 
हेर्नूस ट्रेलर :
 
 
6 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.