Font   font-increse   font-dicrese

'जुभेनाइल' ट्रेलर लन्च : शुक्रबारदेखि हुँदैछ रिलिज

 सवनम मुखिया छायांकन विधामा परिचित नाम हो । उनी अब भने निर्देशनमा सक्रिय हुँदैछिन् । उनी निर्देशित पहिलो फिक्सन फिल्म 'जुभेनाइनल' शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन हुने भएको छ । 

 

 

 
गत महिना लखपति माग्ने फिचर निर्देशन एवं निर्माण गरेकी मुखियाको यो डेब्यु फिल्म हो जसले लागुऔषधले युवामा पार्ने मनोवैज्ञानिक र सामाजिक प्रभाव चित्रण गर्छ । विहिबार आयोजित प्रेसमिटमा ट्रेलर र पोस्टर लन्च गरियो । 
 
ड्रीम वल्र्ड अफ फिल्म मेकर्स ब्यानरमा तयार भएको सिनेमाको लम्बाइ १ घन्टा छ । शुक्रबार बागबजारस्थित सिटी म्याक्स हलमा चार सोजसहित फिल्म प्रदर्शन हुँदैछ । ‘च्यारिटी शैलीमा अघि बढ्न लागेका हौं’ मुखियाले भनिन्, ‘इच्छुक दर्शकले आएर हेर्न सक्नुहुन्छ ।’
 
कुमार गजुरेल, सन्जना तिमल्सिना, मोहन राई, माधव पौडेल, ओमकृष्ण भण्डारी, विष्णु कोइराला, सविन कटुवाल, उज्वल पौडेल, जगदिश अधिकारी जय, निशा थापा, उज्वल अधिकारी, ओम खतिवडा, कवि राई, चन्द्र थापा र प्रेम कार्कीको अभिनय छ । 
 
माधव पौडेलको निर्माण, बाबुराम नेपालको छायांकन, आस्मा पोखरेल र रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्ममा नेपाली फिल्मका केही चर्चित कलाकारको समेत केमियो भूमिका छ । 
 
 
0 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.