Font   font-increse   font-dicrese

हरिवंशले मनाए ६० औं बर्थडे | मदनकृष्ण भन्छन् : सुनले बाँधेको जोडी

अभिनेता हरिवंश आचार्यले ६० औं वर्षगाँठ सेलिव्रेट गरेका छन् । सोमबार भक्तपुर रोज भिलेजमा आयोजित जन्मदिन समारोहमा उनलाई नेपाली सिनेमाका ठूला नामले शुभकामना दिए । 

 

 

 

 

 

 
अभिनेता राजाराम पौडेलले हरिवंश र आफ्ना बुवा बाल्यसखा रहेको स्मरण गर्दै सँगै गाँजा खाने गरेको ठट्यौली सम्झिए । पत्नी रमिलाले पति आचार्यलाई फूर्तिल र हँसिलो रहन शुभकामना दिइन् । 
 
मदनकृष्ण श्रेष्ठले हरिवंश र आफ्नो जोडी सुनले बाँधेको भन्दै मित्रतालाई पुष्टि गर्ने प्रयास गरे । सीताराम कट्टेलले हरिवंशकै आवाजमा नक्कल प्रस्तुत गरे । हरिवंशले निर्माण गरिरहेको सिनेमा शत्रुगतेकै छायांकन सेटमा केक काटिएको थियो । 
 
नेपाली फिल्म र टेलिभिजनका हाँस्य कलाकार उपस्थिती थियो । चैत ९ गते रिलिज हुने शत्रुगतेमार्फत १७ वर्षपछि निर्माणमा कमब्याक भएको हरिवंशले बताए । छोरा मोहितले सोमबार एकाबिहानै बाबुलाई आइफोन उपहार दिएका थिए । 
13 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.