Font   font-increse   font-dicrese

मिस वर्ल्डको उत्कृष्ट ४० मा नेपाल प्रवेश !
२६ कात्तिक (काठमाडौं)

विश्व सुन्दरी प्रतियोगिता हुन अझै ६ दिन बाँकी छ । मिस नेपाल निकिता चाण्डुक भने आइतबार उत्कृष्ट ४० मा प्रवेश गरेकी छन् । 

 

 

 
यी २० वर्षे सुन्दरीलाई हेड टु हेड स्पर्धाअन्तर्गत विजयी घोषणा गरियो । २० समूह बनाएर हेड टु हेड प्रतिस्पर्धा गरिएको थियो । समूह ३ बाट निकिता छानिएकी हुन् । यस समूहमा बेल्जियम, क्यामरुन, गिनी, माडागास्कर र चिलीका सुन्दरी पनि थिए । 
 
प्रतियोगीलाई देशबाट बनाएर देखाइएका भिडियोमाथि प्रश्न गरिएको थियो । विश्व सुन्दरी प्रतियोगिताको आधिकारिक वेबसाइट, फेसबुक र मबस्टारबाट मतदान आह्वान गरिएको थियो । भोटको आधारमा निकिता विजयी भएकी हुन् । 
 
यसपटक विश्वका ११८ देशका विश्व सुन्दरी प्रतियोगितमा भिड्दैछन् । नोभेम्बर १८ मा चीनको सान्यामा इभेन्ट हुँदैछ । 
11 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.