Font   font-increse   font-dicrese

पोखरा बक्सअफिसमा 'मैंरिमो' आक्रामक | मेनस्ट्रिमभन्दा उच्च व्यापार

मुलुकको दोस्रो ठूलो सिनेमा बजार पोखरा दुई कारणले चर्चामा छ : चिनियाँ रेल र गुरुङ फिल्मको प्रभावशाली उपस्थिती । यहाँ पछिल्लो चर्चाबारे लेख्न खोजिएको हो । 

 

 

 
शुक्रबारदेखि पोखरामा गुरुङ भाषी सिनेमाको नियमित प्रदर्शन सुरु भएको छ । त्यो पनि व्यवसायिक हलमा । सँधै च्यारिटी प्रदर्शनमा सीमित हुने गुरुङ फिल्मले उक्त वृत्त तोडेको हो । 
 
भोजबहादुर गुरुङ निर्देशित एवं निर्मित सिनेमा 'मैंरिमो' बाराही हलमा नियमित प्रदर्शन भएको हो । रोचक त के छ भने, शुक्रबारै हलमा रिलिज भएका चार नेपाली सिनेमा रोमियो, तान्द्रो, मेला र सकसभन्दा मैंरिमाको ब्यापार माथि छ । 
 
सप्ताहन्तका दुई दिनमा झन्डै ३ लाख ग्रस कमाइ फिल्मले गरेको छ । ‘ब्यापार हेर्दा यसले गुरुङ फिल्मको व्यवसायिक भविष्यको सुखद संकेत गर्छ’ भोजले भने, ‘दर्शकको स्वाद अनुसारका फिल्म पस्कने हो भने भाषा महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण पक्ष हामीले गुरुङ फिल्मको परम्परागत मनोविज्ञान तोडेका छौं ।’
 
उनले पोखरा पछि गुरुङ फिल्मलाई देशका अन्य स्थानमा पनि नियमित प्रदर्शनका लागि पहल गर्ने बताए । स्थानीय बाराही हलमा तीन सोज नै करिब हाउसफूल रह्यो र सोज संख्यामा बढोत्तरी हुने अनुमान छ । 
 
मैंरिमाको अर्थ हुन्छ सम्झिरहेछु । फिल्मले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिएको प्रयत्नको कथा भन्छ । गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, बालकाशी गुरुङ लगायतको अभिनय छ । 
6 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.