Font   font-increse   font-dicrese

अनुराग कश्यपले न्यूयोर्कमा गरे 'नाका' पोस्टर लन्च

टीजर ट्रेलर रिलिज भएसँगै बिपिन कार्की स्टारर 'नाका'ले हाइप बटुल्न थालेको छ । देशदेखि विदेशसम्म यस फिल्मको चर्चा चुलिएको छ । भारतीय निर्देशक, निर्माता, अभिनेता एवं लेखक अनुराग कश्यप समेत यो मेसोमा जोडिएका छन् । 

 

 

 
मुम्बैया फिल्मका यी ठूला नामले न्यूयोर्क फिल्म फेस्टिभलको क्रममा नाका पोस्टर प्रदर्शन गरे । फिल्मको टीमलाई भेट्दै यसको कलात्मक र व्यवसायिक पक्षको सफलताको कामना गरे । कश्यप खासगरि बलिउड भनिने भारतीय व्यवसायिक फिल्ममा कलाको वकालत गर्नेमध्येका अग्रणी निर्देशक हुन् । 
 
‘उहाँले फिल्म सफलताको कामना गर्नुभयो र सम्भव भएसम्म हेर्ने चाहना व्यक्त गर्नुभयो’ निर्माता प्रवीण टक्की कार्कीले मेरोसिनेमासँग भने, ‘उहाँ छिमेकी देश नेपालको फिल्मको कलात्मक पक्षमा चिन्तित देखिनुभयो र प्रगतिको कामना गर्नुभयो ।’
 
अमित श्रेष्ठ निर्देशित सिनेमाले अहिले बन्द रहेको नेपाल र चीन सीमा नाका तातोपानीमार्फत हुने अवैध मानव ओसारपोसारको कथा प्रस्तुत गर्छ । आगामी फागुन १७ गते देशव्यापी सिनेमा प्रदर्शन हुँदैछ ।  
14 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.