Font   font-increse   font-dicrese

'भैरवी'मा प्रदीप र साम्राज्ञीले जोडी बाँध्ने | नेपालदेखि बनारससम्म छायांकन

प्रदीप खड्का र साम्राज्ञी शाह 'टक अफ दी टाउन' हुन् अहिले । यी दुई सेलेब्सको फ्यान फलोइङ इन्स्टाग्रामदेखि अन्य मिडिया आउटलेटमा उत्तिकै छ । धेरैले यी दुईलाई पर्दामा जोडीको रुपमा हेर्न चाहन्छन् । 

 

 

 
यी दुईका फ्यानलाई खुशिको खबर छ ! निर्माण हुन लागेको सिनेमा 'भैरवी'मा प्रदीप र साम्राज्ञीलाई जोडी बन्नेछन् । 'ड्रीम्स' स्टार साम्राज्ञी र 'प्रेमगीत' स्टार प्रदीपको रसायन सम्भवतः धेरैका लागि आकर्षक र दर्शनीय हुनसक्छ । 
 
सुवास गिरीले निर्माण गर्न लागेको आवधिक (पिरियोडिक) ड्रामा 'भैरवी'मा प्रदीप अनुबन्धित छन् । साम्राज्ञीसँग मौखिक सहमति भएको छ र चुनाब लगत्तै हस्तक्षार हुने तयारी छ । प्रदीपले ठूलै रकममा प्रोजेक्ट साइन्ड गरेको स्रोत बताउँछ । 
 
आइएम सरी, क्लासिक र नोभेम्बर रेन फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्ने सिनेमा छायांकन बैशाख दोस्रो सातादेखि सुरु हुनेछ । प्रदीप स्टारर 'लिलिबिली' छायांकन लन्डनमा सकिएपछि उनी 'भैरवी'मा व्यस्त हुनेछन् । 'उत्सव' निर्देशक कुमार भट्टराई पटकथा लेखिरहेका छन् । 
 
नेपाल र बनारसमा छायांकन हुने सिनेमालाई पिरियोडिक जानरामा राखिएको छ । सुवास गिरीले निर्माण गरिरहेको अनमोल केसी स्टारर 'कृ'भन्दा उच्च बजेट तय गरिएको सिनेमाले प्रेमकथा प्रस्तुत गर्छ । ‘यसका लागि अलग्गै सेटहरु निर्माण गर्नुपर्ने हुन्छ’ निर्देशक राउतले मेरोसिनेमासँग भने, ‘यसले एक कालखण्डको प्रेम चित्रण गर्छ ।’
 
प्रदीप र साम्राज्ञीको क्रेज 'भैरवी'को प्राथमिक कमर्सियल भ्यालु हो । 
58 dislike 34

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.