Font   font-increse   font-dicrese

प्रियंकालाई हटाएर 'फाटेको जुत्ता २' घोषणा : जान्नूस नयाँ लाइनअप

फाटेको जुत्ताले पहिलो साता २ करोडभन्दा बढी ग्रस कारोबार गरेको छ । यसको अन्तराष्ट्रिय नेट व्यापार जोड्दा विश्वव्यापी कमाइ अढाइ करोडभन्दा बढी हुन्छ । 

 

 

 
निर्माताले ब्यापार खुशियालीमा दोस्रो सिरिज घोषणा गरेका छन् । निर्माता अर्जुन कुमारले विहिबार बेलुका आयोजित संवाददाता जमघटमा सिक्वेल मात्र घोषणा गरेनन्, मुख्य टीम समेत सार्वजनिक गरे । 
 
अभिनेत्री प्रियंका कार्कीबाहेकका सबै कास्ट एन्ड क्रिउ निरन्तर हुने निर्माता कुमारको भनाइ छ । उनले यसो भनिरहँदा दोस्रो सिक्वेलको ब्यानर अनावरणमा अभिनेता सौगात मल्ल समेत उपस्थित थिए । उनले चपली हाइट तेस्रो फ्रेन्चाइज र सृष्टि श्रेष्ठसँगको अफेयरजस्ता प्रश्नको सामना गरे । 
 
निर्माता कुमार र अभिनेत्री कार्कीबीच सतहमा नआएको असन्तुष्टिको रुपमा नयाँ टीमअपलाई लिएर अनुमान लगाउन सकिन्छ । कार्कीले फाटेको जुत्ताको प्रचारप्रसारमा भौतिक उपस्थिती नजनाएपनि भर्चुअल पब्लिसिटी भने गरेकी थिइन् । 
 
चाँडै छायांकन सुरु हुने फिल्मको प्रदर्शन बैशाख १ गते हुने जनाइयो । 
 
0 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.