Font   font-increse   font-dicrese

तान्द्रो : आउँदो वर्ष अस्करमा नेपाली प्रतिस्पर्धी यसकारण

सिनेमा 'तान्द्रो'लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । धेरैपछि कुनै नेपाली सिनेमाले यो उचाइमा प्रशंसा प्राप्त गरेको हो । 

 

 

 
साम्तेन भुटिया निर्देशित बायोपिक ड्रामालाई बुधबार बेलुका प्रिमियर आयोजना गरियो जहाँ कम्युनिष्ट नेता मोहन वैद्य किरण, जनवादी गायक माइला लामासहित फिल्मका वास्तविक पात्र गंगाबहादुर लामा आकर्षण बने । 
 
पहिलो हाफ हेरेपछि बाहिरिएका वैद्यले हेरेजति राम्रो भएको बताए । फिल्म हेरिसकेपछि भावुक मुद्रामा बाहिरिएका लामाले मेरोसिनेमासँग कुरा गर्दै उक्त घटना आफ्ना लागि दोस्रो जन्म भएको बताए । 
 
 
 
 
 
‘केही कुरा अवश्य पनि छुटेका छन् तर, प्रस्तुति र यथार्थकरण गजबको छ । फिल्म हेरिरहँदा मैले दयाहाङभित्र आफूलाई महसुस गरेँ’ लामाले भने, ‘पुस्तकबाट एडप्टेसन गरिएभन्दा धेरै क्षण अझै छन् । पार्टी र नेताले पनि फिल्म हेरेर राम्रो हुन्थ्यो ।’
 
२०६० सालमा सेनाले माओवादीको सांस्कृतिक टोलीमाथि लमजुङमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा केही सर्वसाधारण र टोलीका सदस्य मारिएका थिए । घटनामा बायाँ खुट्टामा गोली लागेर लामा घाइते भए । ९६ घन्टाको निर्मम मकैबारी संघर्षपछि उनलाई उद्दार गरेर जनसरकार प्रमुख लगायतले अस्पताल लगे । 
 
माओवादी शान्ति प्रक्रियामा आइसकेपछि लामाले स्मृतिका डोबहरु नामक युद्ध संस्मरणत्मक पुस्तक लेखे । पुस्तकलाई पर्दामा एडप्टेसन गरिएको हो । 
 
‘वास्तवमा छायांकन गर्दाखेरीका क्षण सम्झँदा म अहिले पनि भावुक हुन्छु’ अभिनेता दयाहाङ राईले भने, ‘सकेसम्म उहाँको यथार्थ नजिक रहेर अभिनय पस्किएको छु ।’ राई अभिनित सेतो सूर्य अहिले अस्कर अवार्डको प्रतिस्पर्धामा छ । ‘युद्धका पीडा र कथा अहिले पनि सान्दर्भिक छन् र पर्दामा चित्रण गर्नु आवश्यक छ’ दयाहाङले भने, ‘दासढुंगाको मेरो अमर लामा पात्र र तान्द्रोको कोसिस नामक पात्रलाई मैले मेरो करियरकै समानान्तर उचाइमा राख्न चाहन्छु ।’
 
तान्द्रोलाई आगामी वर्षका लागि नेपालबाट अस्कर अवार्डका लागि एक मुख्य दाबेदारको रुपमा लिन सकिन्छ । सिनेमा विहिबारदेखि देशभरका प्रमुख हलहरुमा प्रदर्शन हुँदैछ ।   
28 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.