Font   font-increse   font-dicrese

अग्निदहन : तीन अफिसियल पोस्टर रिलिज | देशभर फिल्म च्यारिटी हुँदै

'अग्निदहन' प्रदर्शनका लागि रेडी भएको छ । बोक्सी कुप्रथा विषयवस्तुमाथि बनेको सिनेमाले अफिसियल पोस्टर रिलिज गरेको छ । 

 

 

 

 

 

 
बुधबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले मिडियासामु टीजर ट्रेलर पनि प्रस्तुत गरे । तीन रिलिज पोस्टरमा बोक्सी प्रथाका पीडित र पीडक पात्रलाई चित्रण गरिएको छ । 
 
निर्देशक घनश्याम लामिछानेले सिनेमालाई मौलिक विषयमा बनेको अग्र्यानिक भएको बताए । ‘आयातित कन्टेन्ट र शीर्षक राखिएको छैन’ उनले भने, ‘मौलिकतामा आधारित फिल्म छ र सोहीअनुसार नामाकरण गरेका हौं ।’
 
निर्माता कोविदशरण उपाध्यायले आगामी १५ वर्षमा बोक्सीप्रथालाई देशबाटै निर्मुल पार्ने अभियानअन्तर्गत आफूहरु डटेको बताए । उनी निर्माता कम्पनी मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष हुन् । 
 
निर्माताले मुलुकका ७७ जिल्ला (संघियता लागुभएपछि ७५ मा २ जिल्ला थप)मा च्यारिटी प्रदर्शन गर्न लागिएको बताए । अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसा जिसी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । 
 
२०७५ सालमा प्रदर्शन लक्ष्य राखिएको छ । 
23 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.