Font   font-increse   font-dicrese

फ्राइडे रिलिज : ज्याक च्यानको एक्सनदेखि रायन गसलिङको साइन्स फिक्सन

शुक्रबार नेपाली सिनेमा घरमा हलिउडका दुई ठूला सिनेमा रिलिज हुँदैछन् । ज्याकी च्यान स्टारर 'द फरिनर' र रायन गसलिङ स्टारर 'ब्लेड रनर २०४९' एकसाथ प्रदर्शनमा आउन लागेका हुन् । 

 

 

 
यी दुबै सिनेमा नेपाली दर्शकमाझ निकै प्रतीक्षित मानिएका छन् । अमेरिकन नियो नोइर साइन्स फिक्सन सिनेमा 'ब्लेड रनर'लाई क्रिटिक्सले उत्कृष्ट फिल्म बताएका छन् । डेनिस भिलिनिएभ निर्देशित फिल्ममा रायन, ह्यारिसन फर्ड र आना डे आर्मास मुख्य भूमिकामा छन् । 
 
ज्याकी च्यान स्टारर एक्सन थ्रीलर फिल्म 'फरिनर'लाई मार्टिन क्याम्पेबलले निर्देशन गरेका हुन् । बम विस्फोटमा छोरी गुमाएपछि हत्यारा पत्ता लगाउन बाबु (ज्याक)ले गरेको संघर्ष फिल्मको कथावस्तु हो । यसलाई क्रिटिक्सले पनि रुचाएका छन् । 
 
नेपाली सिनेमा घरहरुमा अहिले पनि 'छक्का पञ्जा २', 'जुड्वा २', 'किंग्सम्यान' प्रदर्शनरत छ । छक्का पञ्जा २ लाई तेस्रो साता पनि दर्शकले रुचाउने अनुमान गर्न सकिन्छ । 
 
15 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.