Font   font-increse   font-dicrese

माल्भिका सुब्बा स्टारर 'गुडबाइ काठमाण्डू' प्रदर्शनलाई रेडी

माल्भिका सुब्बा र कर्म स्टारर 'गुडबाइ काठमाण्डू'को अन्तराष्ट्रिय प्रिमियर दक्षिण कोरियाको बुसान फेस्टिभलमा हुने भएको छ । फेस्टिभलको प्रतिस्पर्धामा छानिएको फिल्मको नेपाल मिति भने तय छैन । 

 

 

 
छायांकनको सातवर्षपछि नवीन सुब्बा निर्देशित सिनेमा प्रदर्शनका लागि तयार भएको हो । प्राविधिक समस्याले गर्दा बीचमा फिल्म प्रदर्शनमा आउन सकेको थिएन । 
 
बुसान अन्तराष्ट्रिय फिल्म फेस्टिभलको आधिकारिक वेबसाइटमा गुडबाइ काठमाण्डू छानिएको उल्लेख छ । पदम सुब्बा र सोहम ढकाल निर्मित फिल्ममा सुवर्ण थापा, निखिल गुरुङ र माला लिम्बुको मुख्य भूमिका छ । 
 
सन् २००४ को हिउँद यामको नेपालको परिवेश चित्रण गरिएको फिल्ममा तीन पात्रको संघर्ष पेश गरिएको छ । उक्त समयमा नेपालमा उत्कर्षमा रहेको माओवादी सशष्त्र द्धन्द्ध यसको सेटिङ हो । 
 
फेस्टिभलको २२ औं संस्करण अक्टोबर १२ देखि २१ सम्म दक्षिण कोरियामा आयोजना हुँदैछ । 
16 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.