Font   font-increse   font-dicrese

केकीको 'ऐश्वर्य' पोस्टर डेब्यु : कसकी हिरोइन उनी ?

'ऐश्वर्य' पोस्टरमा केकी अधिकारीलाई लिएर प्रश्न उठे । ट्रेलरमा उनको महत्वपूर्ण भूमिकामा दर्शकले नजरअन्दाज गर्ने कुरै भएन । निर्माताले पनि केकीलाई एक्सपोज्ड नगरिनु प्रचारकै हिस्साको रुपमा बताउँदै आए । अन्ततः केकीको डेब्यु पोस्टर विहिबार आउट भयो । 

 

 

 
केकीको पोस्टर डेब्युले रहस्य सिर्जना गरिदिएको छ । कारण : उनी हिरो रमेश उप्रेती र एन्टी–हिरो प्रशान्त ताम्राकार सँगै प्रस्तुत छिन् । नयाँ दुई रिलिज पोस्टरले अनुमानमा जटिलता सिर्जना गरिदिएको छ । आखिर केकी कसकी हुन् ः हिरो वा एन्टी–हिरो ? 
 
दीपिका प्रसाइँ जो मुख्य पात्र हुन्, उनी समेत फिचर छिन् । तर, केकीको समावेशिताले रहस्य र थ्रिलिङ अवश्य उब्जाएको छ । उनलाई ट्रेलरबाहेकका पब्लिसिटी गतिविधिमा पनि सहभागि गराइएको थिएन । डेब्यु निर्माता रमेश उप्रेतीले पनि आपसी समझदारीमा यसो गरिएको बताउँदै आए । 
 
 
 
निर्देशक दिवाकर भट्टराई दर्शकले केकीलाई महत्वपूर्ण भूमिकामा देख्न सक्ने बताउँछन् । ‘केकीजी महत्वपूर्ण भूमिकामा हुनुहुन्छ र सबैको मन पनि जित्नुहुन्छ’ भट्टराई भन्छन्, ‘पब्लिसिटी प्लानअनुसार नै उहाँलाई अगाडि ल्याएका हौं ।’
 
निर्माता रमेश उप्रेती बिदेशमा बस्ने नेपालीलाई क्वालिटीको फिल्म देखाउने इच्छा पुरा भएको बताउँछन् । ‘राम्रो फिल्म बनाउने र निर्माणको स्तरियता देखाउने सपना थियो’ उनी भन्छन् । कात्तिक ९ गते देशव्यापी ऐश्वर्य रिलिज हुँदैछ । निर्मल शर्मासँग मिलेर उप्रेतीले मिलेर निर्माण गरेका हुन् । 
6 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.