Font   font-increse   font-dicrese

‘कहिँ कतै’ अफिसियल ट्रेलर रिलिज | सिक्किममा हुँदैछ विश्व प्रिमियर

सविर श्रेष्ठ निर्देशित सिनेमा ‘कहिँ कतै’को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । रोमान्टिक र फेमिली ड्रामामा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत फिचर छन् । 

 

 

 
नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुँदैछ । नेपाल रिलिज डेट भने तय भएको छैन । फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । नेपाल र सिक्किममा छायांकन गरिएको फिल्म ग्लसी लाग्छ । 
 
यसअघि नै ‘झ्वाइँया झान..’ रोमान्टिक गीत हिट भैसकेको फिल्मले ट्रेलर आउट गरेको हो । मल्टिस्टारर फिल्ममा दिलिप रायमाझी, किशोर र उमा पनि महत्वपूर्ण भूमिकामा छन् । तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ । 
 
बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् । हेर्नूस ट्रेलर : 
 
 
 
11 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.