Font   font-increse   font-dicrese

'रुद्रप्रिया'का तीन वास्तविक हिरोइन : यसरी जन्मियो फिल्म

एसिड आक्रमणका घटनामाथि धमाधम सिनेमा बन्न थालेका छन् । भारतमा बनेका केही यस्ता फिल्मले व्यवस्थामाथि प्रश्न उठाए । पाकिस्तानको एउटा डकुमेन्ट्रीले अस्कर अवार्ड जित्यो । 

 

 

 

 

 
नेपालमा यस्तै एउटा सिनेमा बनेको छ –रुद्रप्रिया । रेखा थापा यसमा घातक रसायन एसिड आक्रमणमा परेकी पीडित युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । समग्रमा रुद्रप्रियाले नारी सशक्तिकरणको मुद्दा उठान गरेको छ । 
 
केही वर्षपहिले लैनचौरस्थित एक पुनस्र्थापना केन्द्रमा पुगेर रेखाले आफन्तबाटै बलात्कारको शिकार भएका किशोरीसँग समय बिताएकी थिइन् । त्यतिबेलै उनले केही किशोरीको जीवनमाथि आधारित रहेर फिल्म बनाउने उल्लेख गरेकी थिइन् । 
 
त्यही छेकोमा उनी सिनामंगलतिरको अर्को पुनस्र्थापना केन्द्र पुगेर अम्ल (एसिड) आक्रमण पीडित किशोरी भेट्न पुगिन् । ती किशोरीलाई क्षेत्रपाटीमा उनकै प्रेमीले एसिड छ्यापेर प्रेमको बदला लिएको बयान प्रहरीसामु दिएका थिए । त्यतिबेलै रेखाले यस केसमाथि फिल्म बनाउने मुड बनाएकी थिइन् ।
 
रुद्रप्रिया यी दुई घटनाको उत्पादन हो । रुद्रप्रिया पोस्टरमा समेत रेखालाई आधा अनुहार छोपिएको स्वरुपमा देख्न सकिन्छ । तर, उनले आधा अनुहार छोपिनुको रहस्य थाहा पाउन सिनेमा हेर्नुपर्ने बताएकी छन् । 
 
रेखालाई लाग्छ रुद्रप्रिया विचार र कलाको संयोजन हो । उनले प्रेमको आदर्श रुप फिल्ममा चित्रण गरिएको समेत बताइन् । ‘यदि प्रेमी असल हो भने उसले अनुहार हेर्दैन’ रेखा कथन छ, ‘कलाको सशक्त माध्यम भएकाले हामीले एजेन्डालाई उठाएका छौं ।’
 
उनले घुमाउरो ढंगले रुद्रप्रियालाई व्यवसायिक फिल्म भनिनन् । उनको कुटनीतिक जवाफ छ, ‘रुद्रप्रिया कला र विचारको ट्रयाकमा हिँडेको फिल्म हो । दर्शकले यसलाई फरक दृष्टिकोणले हेरिदिनुहोला । सस्तो हाँसो दिनु मात्रै फिल्मको उद्देश्य होइन ।’ 
 
आगामी कात्तिक २ मा रुद्रप्रिया रिलिज हुँदैछ । 
 
11 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.