Font   font-increse   font-dicrese

अर्जुन र परिणीति स्टारर फिल्म छायांकन नेपालमा हुँदै

अर्जुन कपुर र परिणीति चोपडाको अभिनय रहने बलिउड सिनेमा 'सन्दीप और पिंकी फरार'को छायांकन नेपालमा हुने भएको छ । दिवाकर बनर्जीले निर्देशन गर्ने सिनेमा बैतडीको झुलाघाटमा गर्न लागिएको हो ।

 

 

 
निर्माता कम्पनी यशराज फिल्मसले नेपाली भूभागमा छायांकन गर्न अनुमति माग्दै बैतडी जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । तर, स्थानीय प्रशासनले गृह मन्त्रालयको आदेश चाहिने भन्दै उक्त पत्रलाई काठमाडौंस्थित मन्त्रालयमा पठाएको छ । 
 
मेरोसिनेमसँग कुरा गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मन्त्रालयले पत्रलाई होल्डमा राखेको जनाए । ‘गतसाता हामीले पत्र प्राप्त गरेका हौं तर, मन्त्रालयको आदेश चाहिने भएकाले पत्र काठमाडौं पठाएका छौं’ उनले भने, ‘झुलाघाटको झोंलुगे पुलमा फिल्म छायांकनका लागि पत्रमा माग गरिएको छ ।’
 
झुलाघाट नेपाल र भारतको सिमानामा पर्छ । कथानुसार विहे गरेर नेपाल आउनुपर्ने दृश्यांकनका लागि नेपाली भूभाग रोजिएको हो । स्रोतका अनुसार विदेशी फिल्म छायांकनका लागि प्रक्रियागत अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको हुनसक्ने जोशीले बताए । इसकजादेपछि परिणिती र अर्जुनसँगै देखिन लागेका हुन् । दुई भिन्न भारतीय पात्रको प्रेमकथा फिल्ममा समावेश छ । 
0 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.