Font   font-increse   font-dicrese

'फाटेको जुत्ता' मार्केटिङ स्टाइल : थोत्रो ल्याउनूस, नयाँ लैजानूस

सिनेमा बजारीकरण स्टाइल बदलिँदो छ । फिल्म मार्केटिङमा सामाजिक संजाल प्रभावशाली हुँदैछन् । जेसुकै गरेर होस्, निर्माता दर्शकीय मस्तिष्कभित्र पुग्न चाहन्छन् । 

 

 

 
निर्माता अर्जुनकुमार यस कुरामा सचेत छन् । ‘चपली हाइट’ फेम्ड निर्माताको नयाँ प्रोजेक्ट ‘फाटेको जुत्ता’ १७ कात्तिकमा देशव्यापी रिलिज हुँदैछ । उनी फिल्मको बजारीकरणमा कुनै कसर बाँकी राख्न चाहँदैनन् । 
 
उनले नयाँ फोटो प्रतिस्पर्धा आयोजना गरेका छन् । जसअनुसार इच्छुकले आफूसँग भएको फाटेको जुत्ताको तस्विर खिचेर फेसबुक भित्तोमा पोस्ट गर्नुपर्ने हुन्छ । ट्याग गरिसकेपछि फेसबुक प्रयोगकर्ताले निर्माण कम्पनीबाट उपहारस्वरुप नयाँ जुत्ता पाउनेछ । 
 
२ सय ५० जनाले जुत्ता पाउनेछन् । रिलिज अगाडिसम्म संचालन हुने यो अफरमा काठमाडौं र मोफसलका फेसबुक प्रयोगकर्ता सहभागि हुन पाउनेछन् । विजेतालाई घरमै जुत्ता डेलिभरीको समेत व्यवस्था गरिएको छ । निकेश खड्का निर्देशित यो फिल्मले टाइटल अनुसार नै मार्केटिङ शैली आत्मसात गरेको हो । 
 
सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा स्टारर सिनेमालाई अर्जुन कुमारले निर्माण गरेका हुन् । 
 
11 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.