Font   font-increse   font-dicrese

'छक्का पञ्जा ३' र रिलिज मिति घोषणा, जान्नूस महत्वपूर्ण परिवर्तन

१२ दिन र अनुमानित १२ करोड ग्रस । 'छक्का पञ्जा २' बक्सअफिसमा आक्रामक छ । निर्माताले मंगलबार तेस्रो सिक्वेल र यसको रिलिज मिति घोषणा गरे । 

 

 

 
आउँदो वर्षको दशैं फूलपातिमा 'छक्का पञ्जा ३' रिलिज हुने निर्माता एवं अभिनेता दीपकराज गिरीले जनाए । उनका अनुसार मंसिर, पुस र माघमा स्क्रिप्ट लेखन सकिनेछ । 
 
बैशाखमा फिल्म छायांकन हुनेछ । त्यसपछि सम्पादन र फूलपातिमा सार्वजनिक प्रदर्शन । निर्माताले तेस्रो सिक्वेलमा केही महत्वपूर्ण परिवर्तन गर्ने भएका छन् । निर्माता, कथावस्तु र कलाकारमा बदलाव ल्याइने गिरीले जनाए । 
 
तेस्रो सिक्वेलमा विकास आचार्य निर्माताको रुपमा हुनेछैनन् । सीताराम कट्टेल धुर्मुस र निर्मल शर्मालाई कमब्याक गराउन पहल हुने जानकारी गिरीले दिए । केही महत्वपूर्ण बाहेक अन्य सबै कलाकार परिवर्तन हुने तयारी भएको छ । 
 
‘दर्शकले हामीबाट सरल कथावाचन शैलीलाई नै खोज्नुभएको छ’ गिरीले भने, ‘भाग २ को हाफ टाइम पछाडिको कथावस्तुलाई सामान्य दर्शकले बुझ्न जटिल भयो । तेस्रो सिक्वेलमा सरल कथावस्तु नै हुन्छ ।’ 
 
उनले सामाजिक कथावस्तुमै छक्का पञ्जा ३ बन्ने बताए । ‘हामी सोसल ड्रामाबाट बाहिर जान सक्दैनौं’ उनले भने, ‘दर्शकप्रति हाम्रो सामाजिक जिम्मेवार पनि थपिएको महसुस गरेका छौं ।’ स्क्रिप्ट लेख्दा सामाजिक अनुसन्धानमा जोड दिने उनले जनाए । 
 
भाग ३ निर्देशकको बारेमा अन्य निर्मातासँग छलफल गरेर तय गरिने गिरीले बताए । भाग २ सम्म दीपाश्री निरौलाले नै निर्देशन गरेकी थिइन् । हरिवंश आचार्यले निर्माण गर्न लागेको शत्रुगते सकिएपछि छक्का पञ्जा ३ को स्क्रिप्ट लेखन सुरु हुने भएको छ । 
60 dislike 2

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.