Font   font-increse   font-dicrese

बेलायती टिभी स्टारद्धारा दयाहाङ स्टारर 'ह्याप्पी डेज डबिङ'

बेलायती टेलिभिजन स्टार जोनी बकलले दयाहाङ राई र प्रियंका कार्की स्टारर नेपाली सिनेमा 'ह्याप्पी डेज'मा स्वरांकन भरेकी छन् । फिल्मको एक महत्वपूर्ण पात्र समेत रहेकी उनी डब्ड गरेर लन्डन फर्किसकेकी छन् । 

 

 

 
मिलन चाम्स निर्देशित फिल्ममा उनलाई दयाहाङको अपोजिटमा रहेकी एक प्रमुख पात्रको रुपमा देख्न सकिन्छ । दुई दिने बसाइमा जेनीले काठमाडौंको ठमेल घुमिन्, यहाँको ट्राफिक र भुस्याहा कुकुहरुहरुको बारेमा चिन्ता व्यक्त गरिन् । 
 
 
 
 
७० वर्षे अभिनेत्री जेनी नेपालको आतिथ्यताबाट खुशि छिन् । अर्कोपटक उनी नेपाल घुम्न चाहिन्छन् । बेलायती टीभी सिरिजहरु स्टेफ एन्ड डम्स, वान स्टार टु फाइभ स्टार, उप बिह्याभिङ ब्याड्लबाट उनी चर्चित छिन् । सन् २०१० को हलिउड फिल्म क्युरियोमा पनि खेलेकी छन् । 
 
आगामी माघ १२ गते रिलिज हुने ह्याप्पी डेजमा दयाहाङ र प्रियंकासहित विक्की जोशी, सन्जय गुप्ता लगायतको अभिनय छ । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाले त्रिकोणात्मक प्रेमकथा भन्छ ।
20 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.