Font   font-increse   font-dicrese

'रुद्रप्रिया' एकैदिन हल र टीभीमा : रेखा थापा
मेरोसिनेमा, २४ असोज

प्रदर्शकको छाता संस्था चलचित्र संघले सोमबार एकैदिन हल र टीभीमा फिल्म रिलिज गर्न नपाइने निर्णय सुनायो । 'रुद्रप्रिया'ले प्रेसमिट गरेकै दिन प्रदर्शक संस्थाको उक्त निर्णय आएको थियो ।

 

 

 

 

 

 
तर, निर्मात्री एवं अभिनेत्री रेखा थापा उक्त निर्णयविरुद्ध उभिएकी छन् । आफ्नो सम्पत्तिलाई टुँडिखेलमा पनि देखाउन पाउने भन्दै थापाले संघको निर्णयविरुद्ध जान लागेको प्रतिक्रिया दिइन् । उनले यस्तो अभिव्यक्तिसहितको निर्णय फेसबुकमा सेयर गरेकी छन् । 
 
रेखाको अभिव्यक्तिपछि अब 'रुद्रप्रिया' शुक्रबार हल र डीसहोममा एकसाथ रिलिज हुने भएको छ । रुद्रप्रियाले सोमबार संवाददाता सम्मेलन गरेकै दिन प्रदर्शक संस्थाले संस्थागत निर्णय सुनाएको थियो ।
 
हलिउडमा पनि शुक्रबार फिल्म रिलिज भएकै दिन नेटफ्लिक्स नामक स्ट्रिम साइटबाट फिल्म रिलिज हुने गर्छ । इच्छुक दर्शकले पैसा तिरेर उक्त साइटमार्फत फिल्म हेर्न सक्छन् । 
 
अर्कोतर्फ, बानेश्वरस्थित एक होटलमा आयोजित प्रेसमिटमा रेखा र आर्यन पहिलोपटक सँगै देखिएका थिए । सातवर्षपछि पहिलोपटक स्टेज सेयर गरेको उक्त क्षण मिडियाका लागि दुर्लभ क्षण पनि हो । 
 
विगतमा पानी बारबार भएका यी दुई सेलेब्स कसरी रुद्रप्रिया खेल्न सहमत भए भनेर उनीहरुले मिडियासामु औचित्य पुष्टि गर्ने प्रयास गरे । निर्देशक बब्बी भुपाल सिंहले फिल्मबारे चर्चा गर्दै सिनेमा हेर्न दर्शकलाई आग्रह गरे । शुक्रबार देशव्यापी फिल्म रिलिज हुँदैछ ।
11 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.