Font   font-increse   font-dicrese

थप एघार बेलायती सहरमा ब्लाइन्ड रक्स
मेरोसिनेमा, २३ असोज (काठमाडौं)

बेलायत अब जेम्स बन्ड र ह्यारी पोर्टरको मात्र थलो रहेन । बरु सृष्टि केसी, तक्मे बुढा र दयाहाङ राईको थलो समेत बन्न थाल्यो । उक्त नेपाली डायस्पोरा पछिल्लो समय घरेलु फिल्मको ठूलो बजार समेत हो । 

 

 

 

 
 
 
महिनादेखि बेलायतस्थित नेपाली बहुल क्षेत्रमा लोकप्रिय सिनेमा ब्लाइन्ड रक्सले यसको पुष्टि गर्छ । बेलायती गोरादेखि नेपाली गोर्खा सैनिक परिवारले निकेश लिम्बु निर्मित बायोपिक फिल्मलाई औधी रुचाइरहेका छन् । हप्तैपिच्छे फिल्म स्क्रिनिङ भैरहेको छ । 
 
अल्डरसट, न्यूटन, रिडिङ, मेइडस्टोनमा फिल्म प्रदर्शन भयो । अक्सफोर्ड, अल्डरसट, क्याटेरिक, ब्लान्डफोर्ड, स्विन्डन, फल्कस्टोन, उलवीच, कोलचेस्टर, लन्डन, वेल्स र स्कटल्यान्डमा विभिन्न मितिमा सिनेमा प्रदर्शन तयारी भएको छ । 
 
निर्माता लिम्बुका अनुसार बेलायती दर्शकले फिल्मलाई रुचाइरहेका छन् । कतिपयले फेसबुकमै समिक्षा गर्दै हेर्नका लागि अपिल गरिरहेका छन् । मिलन चाम्स निर्देशित सिनेमामा बेनिशा हमालले दृष्टिविहिन युवती सृष्टि केसीको भूमिकामा अभिनय गरेकी छन् । फागुन १८ गते नेपालमा फिल्म रिलिज हुनेभएको छ । 
 
16 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.