Font   font-increse   font-dicrese

सुवर्ण थापाको फिल्म 'कोख' प्रिमियर : हेर्नूस तस्विरहरु

 सुवर्ण थापा नयाँ फिल्मसँगै कमब्याक भएका छन् । 'मुना मोर्डन' निर्माण गर्ने तयारीमा जुटेका उनले छोटो फिल्म 'कोख'लाई बुधबार एक भव्य समारोहमा प्रिमियर गरे । 

 

 

 

 

 
ललितपुर पुल्चोकमा आयोजित प्रिमियरमा सेलेव्रिटी, फ्रान्सेली सिनेमा निर्माताहरु, मिडियाको उपस्थितीमा लन्च गरियो । यौन व्यवसायमा संलग्न युवतीको कथा प्रस्तुत गर्ने फिल्ममा नम्रता सापकोटाको मुख्य भूमिका छ । उनले भूमिकामा डुब्न वास्तविक पात्रसँगै भेटेको बताइन् । 
 
उक्त अवसरमा नेपालबाट अस्कर अवार्डमा पठाइएको सिनेमा 'सुनगाभा' समेत प्रदर्शन गरियो । अभिनेत्री दिया मास्के समेत प्रियिमरकी आकर्षण बनिन् । विकल्प क्रिएसनद्धारा आयोजित प्रिमियरमा दियाले 'सुनगाभा' आफ्नो करियरको महत्वपूर्ण फिल्म रहेको बताइन् । 
 
बाबुविहिन बच्चालाई कोखमा लिएर हिँड्न बाध्य एक यौन व्यवसायीको कथा भन्ने फिल्मको उद्देश्य पितृसत्तात्मक समाजलाई प्रश्न गर्नु रहेको निर्देशक एवं निर्माता थापाले बताए । उनले यसअघि ननफिक्सन ड्रामा 'छोरा' निर्माण गरेका थिए । 
 
55 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.