Font   font-increse   font-dicrese

'संरक्षण' प्रिमियर : मधेश न्यारेटिभलाई मीठो प्रतिक्रिया

 मोफसलमा सिनेमा प्रिमियर गर्ने ट्रेन्ड थालनी भएको छ । 'संरक्षण'ले पनि चितवनमा आफूलाई प्रिमियर गर्‍यो । 

 

 

 

 

 

 
कास्ट एन्ड क्रिउको उपस्थितीमा चितवनको क्यूएफएक्स हलमा सिनेमा प्रदर्शन गरियो । निर्माता, कलाकार, निर्देशक, मिडिया र अन्य आगन्तुक समारोहमा उपस्थित रहे । 
 
पुलिस, प्रेस र पब्लिक थिममा कथा भनिएको सिनेमा पुर्णेन्दुको डेब्यु प्रोजेक्ट हो जुन शुक्रबार प्रदर्शन हुँदैछ । फिल्म हेरेपछि संचारकर्मी रवि अधिकारीले सिनेमालाई उत्कृष्ट रहेको बताए । 
 
अर्का पत्रकार सुरेशचन्द्र अधिकारीले समसामयिक राजनीतिक परिस्थितीलाई चित्रण गरिएकाले आफ्नो मन छोएको बताए । घरजग्गा व्यवसायी बाबुराम अधिकारीले सिनेमाले आफ्नो मन जितेको बताए । 
 
सौगात मल्ल, निखिल उप्रेती, रमेशरंजन झा र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको सिनेमालाई प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहले निर्माण गरेका हुन् । कामेश्वर चौरासिया र मलिना जोशी समेत मुख्य भूमिकामा छन् । 
50 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.