Font   font-increse   font-dicrese

निर्माता संघद्धारा ६ बुँदे उपलब्धी सार्वजनिक | भारतसँग सेन्सरमा सजिलो

 चलचित्र निर्माता संघले ६ महिने कार्यकालका उपलब्धीको चर्चा गर्दै श्वेतपत्र जारी गरेको छ । बुधबार उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजित समारोहमा अध्यक्ष आकाश अधिकारीले ६ बुँदे उपलब्धी सार्वजनिक गरे । 

 

 

 
भारतमा सिनेमा प्रदर्शन गर्नुपरे नेपाली निर्माताले अनलाइनमार्फत सेन्सर आवेदन दिन सक्ने व्यवस्था सुरु भएको श्वेतपत्रमा उल्लेख छ । भारतीय सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानी र नेपाली निर्माता संघबीच यस्तो सहमति भएको अध्यक्ष अधिकारीले बताए । 
 
चलचित्र समस्या समाधान विषयमा राष्ट्रपतिलाई जानकारी गराइएको समेत दोस्रो बुँदामा उल्लेख छ । ‘राष्ट्रपतिबाट सकारात्मकरुपमा लिई सरकारी तवरबाट गर्नुपर्ने कार्यहरुमा कुनै कसर बाँकी राख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ’ लेखिएको छ । 
 
निर्माता र हलबीच सेयर बाँडफाँट सम्बन्धमा टुंगो नलागिसकेको बताउँदै अधिकारीले क्यूब सर्भरबाट रिलिज गर्दा लाग्ने शुल्कमा भएको कटौतीको स्वागत समेत गरिएको छ । संघले डिजिटल सिनेमा नेपाललाई सर्भर शुल्क कम गर्न पत्राचार गरेको छ । 
 
 
 
 
 
सिनेमा छायांकनमा प्रयोग हुने उपकरणहरु तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल ल्याउँदा लाग्ने भन्सार शुल्कमा छुटको व्यवस्था गर्न संघले वाणिज्य महासंघलाई आग्रह गरेको छ । साथै, ओमान लगायतका मुलुकमा फेस्टिभल आयोजना गर्ने तयारी छ । 
 
चलचित्रलाई उद्योगको रुपम विकास गर्न संचार र अर्थ मन्त्रालयले कार्यान्वयनमा पहलकदमी लिएको समेत जनाइएको छ । 
 
समारोहमा महासंघ अध्यक्ष भवानी राणाले नेपाली सिनेमा उद्योगसँग हातेमालो गर्न संस्था इच्छुक रहेको बताइन् । फिल्म मनोरञ्जनको साधन मात्र नभई देशको कला र संस्कृति संवाहक समेत भएको बताउँदै उनले यसप्रति सम्मान भएको धारणा राखिन् । 
 
तर, अधिकारी नेतृत्वमा आए लगत्तै उनले भनेजस्तो ३ महिनाभित्र निर्माताले हलबाट रकम पाउनुपर्ने कुरा कार्यान्वयन नभएको भन्दै केही निर्माताले गुनासो समेत गरेका छन् । निर्माता योगेश घिमिरेले एकवर्ष हुँदा समेत आफूले राधा फिल्मको पैसा अहिलेसम्म हलले उपलब्ध नगराएको दुःखेसो पोखे । 
 
40 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.