Font   font-increse   font-dicrese

मेसी र नेइमार नेपाली छोटो फिल्ममा, नेपाल घुम्न आउने वचन

 ‘लियोनेल मेसी प्रतिभावान फुटबलर मात्र होइनन्, संसारकै सरल मानव पनि हुन् ।’ 

 

 

 
‘मेसी बार्सिलोना फुटबल क्लब’बारे डकुमेन्ट्री निर्माणको लागि पहिलो नेपाली पत्रकारको रुपमा २ हप्ता बार्सीलोना फुटबल क्लवमा बितएका पत्रकार किरण मरहठ्ठाको अनुभव थियो यो । उनले निर्माण निर्देशन गरेको उक्त डकुमेन्ट्री ‘मेसी द म्यान एट बार्सा’ । 
 
नेपाली पत्रकारले निर्माण गरेको सवैभन्दा ठूलो अन्तराष्ट्रिय डकुमेन्ट्री हो यो । विख्यात फुटवलर जेरार्ड पिकेले सुटिङकै दौरान सगरमाथाको बारेमा थाहा भएको बताउँदा गर्वले उनको छाति फुलेको थियो । क्याप्टेन जाभी र नेयमारले पनि सोहिस्तरको अत्मियता देखाए । जेरार्ड पिके र तत्कालिन क्याप्टेन जाभाी निकै स्मार्ट र वाक्कला भएका खेलाडी हुन् । नेयमार लजालु र नखुल्ने स्वभावका छन् । 
 
 
 
 
डकुमेन्ट्रीमा के छ ? 
नेपालजस्तो फुटबलमा रुचि राख्ने एसिया र अफ्रिकी मुलुकलाई सहयोग गर्न हामीसँग विशेष कार्यक्रम छ तर युनिसेफको समन्वयमा हामी त्यो काम गर्दछौंङ बार्सिलोना अध्यक्ष जोसेफ मारियो बार्तमेउले डकुमेन्ट्रीमा बोलेको यो संवाद नै भनाइले नेपालको फुटबललाइ बार्सीलोनासंग जोड्न आधार प्रदान गर्दछ ।  
 
क्लव र मेसीको सफलताको कथामा निर्माण गरिएको डकुमेन्ट्रीले नेपाली पर्यटन प्रवद्र्धन र फुटबल विकासमा ठूलो भूमिका खेल्नेछ । मेसीले ढाका टोपी लिँदै भनेका छन् ‘म एक दिन नेपाल घुम्न आउने छु’ मेसी जस्तो विश्व सेलीब्रेटीको यो भनाईलाई हामीले सहि प्रचार प्रचार गर्ने हो भने पर्यटन प्रवद्र्धनमा सहयोगी हुनेछ । डकुमेन्ट्रीमा मेसी र पिकेका अलावा नेयमार र जाभीले पनि नेपालप्रति प्रेम दर्शाएका छन् । उनीहरुले नेपाली फ्यानलाई आभार व्यक्त गर्दै  समय मिलाएर घुम्ने इच्छा पनि व्यक्त गरेका छन् । 
 
पुर्वखेलाडी एवं नाइजेरियाका बर्तमान प्रशिक्षक एमिन्यूकेलाइ पनि समाबेस गरिएको छ जसमा उनले बार्सिलोनाको इतिहास र विश्वका गरिब देशको फुटबलको विकासमा क्लवले गर्न सक्ने सहयोगबारे स्पष्ट पार्ने प्रयास गरेका छन् ।
 
३० मिनेटको डकुमेन्ट्री हो । ४ वटा अन्तराष्टिय फिल्म फेस्टिभलमा सहभागि छ ।  अष्ट्रेलिया, क्यानडा, पोेर्चुगल, कतार र जापानमा च्यारिटीे हुँदैछ । २ बर्षअघि छायाँकन गरिएको डकुमेन्ट्रीमा क्लवका पुर्वखेलाडी एम्युनीके र युनीसेफका निर्देशक जेरार्ड बोकानिटको अन्तवार्ता पनि समेटिएको छ । । 
 
क्यामनू, क्याम्प टिटो भिलानोभा, क्याम्पनू म्यूजियम, चेन्जिङ रुम, टनेल लगायत अन्य महत्वपूर्ण ठाँउ पनि खिचिएको छ । डकुमेन्ट्रीको छायाँकन पक्ष औसत भए पनि सम्पादन र न्यारेसनले यो वृतचित्रलाइ उत्कृष्ट बनाएको छ । डकुमेन्ट्रीमा पत्रकार मरहठ्ठा आफै पनि बेलाबेलामा देखा पर्छन । 
 
 
 
 
 
किन हेर्न ?
बार्सिलोना क्लवको प्रगति कथा र मेसी जस्ता खेलाडीलाई नजिकबाट बुझ्न डकुमेन्ट्री हेर्नुपर्छ । नेपालको लागि विशेष छ । मेसी, नेयमार, पिके, जाभीले ढाकाटोपी लिएर नेपालको बारेमा व्यक्त गरेको विचार वास्तवमै स्पेसल छ । 
 
क्लवको संस्कार र भव्यता हेर्नका लागी पनि यो हेर्नलायक छ । नेपालको सम्मान र पत्रकर मरहठ्ठाको भ्रमणको सम्झनामा नेपाली झण्डा क्यामनूमा राखिएको छ । त्यो झण्डा मरहठ्ठाले नै क्लवका अध्यक्षलाई उपहार दिएका थिए । नेपालको खेलकुद र पर्यटनको विकासमा पनि यो वृतचित्रले ठुलो योगदान दिनेछ । यो नेपाली पत्रकारले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा महत्वपुर्ण वृतचित्र हो । 
 
30 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.