Font   font-increse   font-dicrese

बेडसिनमा कुरा नमिलेपछि रुद्रप्रिया सुटिङ स्थगन !

अन्तरंग दृश्य दिनुपर्ने सिक्वेन्स थियो । अर्थात बेडसिन । यसका लागि आर्यन सिग्देल र रेखा थापा रेडी हुनुपर्ने । यो इन्टिमेट दृश्य कलाकारका लागि ठूलो कुरा पनि होइन । तर, यी दृश्य सुटिङ भैरहेको फिल्म 'रुद्रप्रिया'का लागि जटिल बनिदियो ।

 

 



जटिल यतिबेला भैदियो जतिबेला नौवर्षपछि पर्दामा फर्किएका आर्यन र रेखा दृश्य पस्कन असहमत भए । बरु, विवाद चर्कियो र फलस्वरुप परिणाम सुटिङ अवरुद्ध सम्म पुग्यो ।

निर्माता, निर्देशक र कलाकारबीचको मतैक्यताले चर्को रुप लिएपछि सोमबार तनहुँको बन्दीपुरमा जारी सुट सुरु हुन पाएन । राजधानीमा उपलब्ध निर्माता एमके पौडेल र रेखाकी आमा सरस्वती थापा समेत बन्दीपुर पुगे ।

उनीहरु बसेर छलफल गर्न बन्दीपुर पुगेका छन् । यो समाचार लेख्दा सम्म सुट सुरु हुन सकेको छैन । ‘हामीले दृश्यलाई भल्गर होइन ग्ल्यामर मात्र बनाउन खोजेका हौं’ लाइन प्रोड्युसर अनुप भट्टराईले भने, ‘आउटडोर भएकाले समस्या भएको हो । हामीले आर्यनको वैवाहिक जीवनमा समस्या नपर्ने ढंगले विन विन सिचुएसनमा उपाय निकाल्दैछौं ।’

सिनेमालाई बबी भुपाल सिंहले निर्देशन गरिरहेका छन् ।
 

1 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.