Font   font-increse   font-dicrese

मेरा लागि कला र पैसा दुबै महत्वपूर्ण : दयाहाङ राई

अभिनेता दयाहाङ राईले आफ्ना लागि व्यवसायिक र समिक्षात्मक दुबै खाले सिनेमा महत्वपूर्ण हुने बताएका छन् । उनी सोमबार आफू अभिनित 'लालटिन'को संवाददाता भेटघाटमा बोल्दै थिए ।

 



‘मेरा लागि फिल्मले पैसा कमाउनु र सकारात्मक समिक्षा दुबै कमाउनु महत्वपूर्ण हो’ उनले भने, ‘मैले सेतो सूर्य गरेको थिइँन भने लालटिन पनि गर्न सक्ने थिइँन । यसकारण मेरा लागि यस्ता दुई खाले चलचित्र महत्वपूर्ण र आवश्यक हुन्छन् ।’

केही महिनाअघि उनले आफूलाई बजारले खेदिरहेको खुलासा गरेका थिए । उनले लालटिनजस्ता सिनेमा पनि नभै नहुने तर्क गर्दै देवकुमार श्रेष्ठ निर्देशित ग्याङस्टर ड्रामा बक्सअफिसमा हिट हुने दाबी गरे ।

चरित्र चित्रणबारे सोधिएको जिज्ञासामा अभिनेता राईले मौनता साँधे । यद्यपी, उनलाई फिल्मभित्र एक प्रहरी अफिसर र गुण्डा नाइके (डन)को चरित्रमा महसुस गर्न सकिन्छ ।

बजारलाई तरल तुल्याउन लालटिनजस्ता व्यवसायिक सिनेमाको आवश्यकता पर्ने खाँचो औंल्याए । ‘सेतो सूर्यजस्तो मात्र भएर हुँदैन, लालटिनजस्तो भएर पनि हुँदैन । बजारलाई स्थिर तुल्याउन दुबै खाले फिल्म बन्नुपर्छ’ उनले भने ।

आगामी शुक्रबार रिलिज हुने फिल्म मल्टिस्टारले बाँधिएको छ जहाँ दयाहाङ, अर्जुनजंग शाही, भानुप्रताप, प्रियंका कार्की, नीर्जन थापा, राज कट्वाल, अर्जुन गुरुङ लगायतको मुख्य अभिनय छ । भानुप्रताप फिल्मका प्रस्तुतकर्ता हुन् । निर्माण एमसन पिक्चर्सले गरेको हो ।

30 dislike 2

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.