Font   font-increse   font-dicrese

लालटिन : बजेटदेखि स्टारसम्म यस्ता छन् रोचक किस्सा

लोडसेडिङ हट्यो तर, काठमाडौं अझै लालटिनकै उज्यालो खोज्दैछ । जेठ २६ गते रिलिज हुने ग्याङस्टर थ्रीलर 'लालटिन'को थिम हो यो । प्रतिकात्मक अर्थमा फिल्म शीर्षकले सहरी अपराध र मनोविज्ञान दर्शाउँछ । 

 

 

 
यो मल्टिस्टारर फिल्मभित्र राजनीति र अपराधको नेक्सस, हालै प्रहरीद्धारा भएका गुण्डा नाइकेसँगको इनकाउन्टर सेटिङ समावेश छन् । प्रस्तुतकर्ता एवं अभिनेता भानुप्रतापले लालटिनलाई गानाबजाना प्याकेजसहितका एक मनोरञ्जन भएको बताए । 
 
१ करोड ३५ लाख बजेटमा निर्माण भएको फिल्मभित्र केही किस्सा छन् जसले लालटिन स्टेरियोटाइपविरुद्ध उभिएको महसुस हुन्छ । फिल्मभित्र दयाहाङ राईलाई साइलेन्स कमेडी पात्रमा देख्न सकिन्छ । 
 
‘अहिलेसम्म दयाहाङले पन्चलाइनले दर्शक हँसाएका थिए । यसमा साइलेन्स कमेडीमार्फत दर्शक हाँस्छन्’ भानु सुनिए, ‘हामीले दयाहाङ पात्रमाथि अन्वेषण पनि गरेका छौं ।’ दयाहाङका पछिल्ला लगातार फ्लप फिल्मको जोखिम लालटिनलाई नपर्ने उनले बताए । 
 
पछिल्लो पटक दैवसंजोग खेलेका पाका अभिनेता अर्जुनजंग शाही २० वर्ष कमब्याक भएका छन् । नेपाल प्रहरीको अवकाश जीवनले उनलाई अभिनयमा फर्कन मद्दत दियो । 
 
 
 
 
 
भानुप्रतापले निर्देशक देवकुमार श्रेष्ठलाई तीन पुस्ताको समन्वय मिलाउने पात्रको रुपमा समेत लिए । ‘राजेश हमालको विषालु, अनुप बरालको एकदिन एकरात र सलोन बस्नेतको लभसभ निर्देशक श्रेष्ठले तीन पुस्तालाई जोड्ने काम गरेका छन् । यसले लालटिनको स्तरियता बढाएको छ’ उनले भने । 
 
‘वान वे’ डेब्यु अभिनेता भानुप्रताप निर्माता रहेको फिल्म यसवर्षको प्रतीक्षित फिल्ममध्ये एक हो । उनले जीवनमा देखेको, भोगेको र महसुस गरेको कथालाई फिल्ममा समावेश गरेका छन् । किरण माइकलसँग मिलेर भानु स्वयमले पटकथा पनि लेखेका हुन् । 
 
अर्का निर्माता अनिम श्रेष्ठ प्रोजेक्टलाई लिएर पूर्णतः आशावादी छन् । सन् २००४ मा मोडलिङ करियर थाल्दा उनमा फिल्म बनाउने हुटहुटी सवार भएको थियो । उनले लालटिन बनाउन चाहे । किन त ? ‘पब्लिकलाई यो मसला मिलाएको खाना मनपर्छ भन्ने मलाई थाहा छ । ब्लाइन्ड्ली फिल्म बनाएको हुँ’ उनले सुनाए । 
 
उनले बक्सअफिसको सफलताभन्दा दर्शकको मत जित्ने कुरामा आफू ढुक्क रहेको बताए । आखिर लालटिन के हो त ? भानुप्रताप भन्छन् : यो भनेको एउटा विम्व हो । देशमा अन्धकार छ, अब उज्यालो खाँचो छ भन्न खोजिएको हो ।’ 
 
जेठ २६ अर्थात जुन ९ मा फिल्म देशव्यापी प्रदर्शन हुँदैछ । 
 
13 dislike 6

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.