Font   font-increse   font-dicrese

सौगात र प्रियंका स्टारर 'फाटेको जुत्ता' शुभसाइत

सौगात र प्रियंकाको जोडीलाई सिल्भर स्क्रिनमा रुचाइन्छ । फन्को लगायतका केही फिल्ममा जोडीलाई दर्शकले प्रशंसा गरे । निर्माता अर्जुन कुमारले फाटेको जुत्तामा सौगात–प्रियंका जोडी पुनः बाँधेका छन् । 

 

 

 
शनिबारदेखि बीरगंजमा छायांकन सुरु हुने कमेडी ड्रामालाई विहिबार ललितपुर कार्यविनायक मन्दिरमा शुभसाइत गरिएको छ । निर्माता, कास्ट एन्ड क्रिउले पूजाआजा गरेर शुभसाइत गरे । 
 
सौगात र प्रियंकाले पुनः जोडीको रुपमा बाँधिन पाउँदा खुशि लागेको बताए । जात्रामा खुबै रुचाइएका रविन्द्र झाका लागि प्रोजेक्ट कमब्याक हुनेछ । आफू कमेडी भिलेनको रुपमा प्रस्तुत हुन लागेको उनले बताए । 
 
 
 
 
 
कात्तिक १७ गते रिलिज मिति तोकेको फिल्मलाई लिएर प्रियंका आशावादी छिन् । ‘दर्शकले मलाई बिल्कुलै भिन्न रोलमा देख्न सक्नुहुन्छ’ प्रियंका कथन छ । बाबुले भनेको आदेश मान्नुपर्ने पात्रको भूमिकामा सौगात देखिँदैछन् । 
 
यसअघि जिन्दगी रक्स निर्देशन गरेका निकेश खड्काको यो दोस्रो प्रोजेक्ट हुनेछ । चपली हाइट सिरिज निर्माता अर्जुन कुमारले प्रोजेक्टबाट आशावादी रहेको बताए । सँधै सहरिया कन्टेन्टमा फिल्म बनाउन कुमार यसपटक ग्रामिण द्धन्द्धमा फिल्म बनाउँदैछन् । 
 
‘दर्शकले कथावस्तुलाई रुचाउनुहुन्छ’ फिल्मको सशक्तताबारे कुमारले भने, ‘यसपटक मैले विषयवस्तु र त्यसको ट्रिटमेन्टमा जोड दिएको छु ।’ सबै छायांकन भारत सीमावर्ती वीरगंज सहरमा हुनेछ ।  
10 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.