Font   font-increse   font-dicrese

नेपाली निर्मातालाई हलिउड निर्देशकको टिप्स

‘फिल्म बनाउनुअघि निर्देशकको दिमागमा शंकै शंका हुन्छन् तर, पछाडि हट्नुहुन्न, फिल्म अन्वेषण हो’ अमेरिकी निर्देशक शालिनी कान्टाया भन्दै थिइन् । यी ठिटी अहिले आफ्नो फिल्म देखाउन काठमाडौंमा छिन् र बुधबार अस्कर कलेजका विद्यार्थीमाझ उनी निर्देशित ड्रप अफ दी लाइफ प्रदर्शन गरियो । 

 

 

 
भारतीय मूलकी यी निर्देशकको उक्त फिल्मले पिउने पानीको अभावमा गुज्रिएको एउटा भारतीय गाउँको समस्यालाई एउटी बच्चीको आँखाबाट कथा भन्छ । यो छोटो फिक्सन फिल्ममा नन्दिता दासको मुख्य भूमिका छ र, यसले पानीसँग मानवीय सम्बन्धलाई चित्रण गरेको छ । 
 
‘कथा र पात्र फेला पारेपछि केही समय ब्रेक लिन्छु’ तरिकाबारे उनी बोलिन्, ‘यसले पटकथा लेखनमा द्धन्द्ध, पात्र स्थापना गर्न अझै सजिलो हुन्छ ।’ उनले यस्ता सामाजिक इस्युलाई सानो बजेटमा कसरी आकर्षक फिल्म बनाउने भन्ने बारे पनि विद्यार्थीलाई सिकाइन् । 
 
 
 
 
 
न्यूयोर्कमा अवस्थित सेभेन अम्पायर मिडियाकी प्रमुख समेत रहेकी शालिनी केही दिन काठमाडौंमा रहनेछिन् । नेपाली फिल्मबारे चासो व्यक्त गर्दै उनले घरेलु फिल्मको विकास प्रक्रिया सुखद रहेको बताइन् । अस्कर कलेज प्रमुख विनोद पौडेलले शालिनीलाई नेपाली फिल्म, बजार र प्रवृत्तिबारे अवगत गराए । 
6 dislike 0

Facebook Comments
Baby Driver
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Lila
Voting Poll
Sorry, voting poll not found.