Font   font-increse   font-dicrese

युरोपेली फिल्म फेस्टिभल शनिबारदेखि काठमाडौंमा

आगामी जेठ ६ गतेदेखि तीन दिनसम्म राजधानीको कुमारी हलमा छैठौं युरोपेली फिल्म फेस्टिभल आयोजना हुने भएको छ । दुतावासमा मंगलबार आयोजित प्रेसमिटमा यसबारे जानकारी दिइयो । 

 

 

 
१३ युरोपेली मुलुकका १६ फिल्म प्रदर्शन गरिने भएको छ । क्रिस्टियन स्कोचो निर्देशित जर्मनी सिनेमा 'बर्नहोल्मर स्ट्रेस' प्रिमियरसहित फेस्टिभल सुरु हुनेछ । राजदूत रेन्जी टेरिङ्कले विभाजित विश्वलाई जोड्ने सन्देश दिने उक्त फिल्म महत्वपूर्ण हुने बताइन् । 
 
१ घन्टा २८ मिनेट लामो उक्त कमेडी ड्रामाले सन् १९८९ मा बर्लिन पर्खालको पतनको कथा भन्छ । पर्खालको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीको आँखबाट भनिने उक्त कथालाई पुनः प्रदर्शन गरिनेछ । 
 
बेलायत, चेक रिपब्लिक, जर्मनी, डेनमार्क, अष्ट्रिया, साइप्रस, स्पेन, लक्जेम्बर्ग, लात्भिया, फ्रान्स, फिनल्यान्ड, स्वीटजरल्यान्ड र स्लोभेनियाका फिल्म प्रदर्शन हुनेछन् । 
 
 
 
 
 
‘यसपटक मानवीय मूल्य, महिला एवं बालबालिकाको कथा र सामाजिक स्तर चित्रण गर्ने फिल्म समेत प्रदर्शन गर्दैछौं’ राजदूत टेरिङ्कले भनिन्, ‘नेपाली सिनेमासँग सांस्कृतिक सम्बन्ध विस्तारको क्षेत्रमा कार्य गर्न हामी इच्छुक छौं । 
 
‘युरोपियन एड्भेन्चर्स’ थिम रहेको फेस्टिभलले बढीभन्दा बढी बालदर्शकलाई आकर्षण गर्ने आशा युरोपेली युनियन दुतावासले लिएको छ । फेस्टिभलमा निःशुल्क प्रवेश हुने दुतावासका सूचना अधिकृत अम्बर मैनालीले बताए । 
7 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.