Font   font-increse   font-dicrese

'सायद २'अन्तराष्ट्रिय प्रिमियर टोक्योमा, कसले के भने ?

'सायद २' को पहिलो अन्तराष्ट्रिय प्रिमियर टोकियोमा भयो । नेपालबाट पुगेका कास्ट एन्ड क्रिउसहित आयोजित रातो कार्पेट प्रिमियरमा जापानस्थित कार्यवाहक राजदूत पनि उपस्थित रहे ।

 

 

 
पाँचसय बढी दर्शकले सिनेमा हेरेको जानकारी निर्माता सुनिल रावलले दिए । फिल्म हेरिसकेपछि कार्यवाहक दूत कृष्णचन्द्र अर्यालले बधाइ दिएको रावलले बताए । गैरआवसिय नेपाली संघ अध्यक्ष सुधन थापाले नेपाली युवाको वास्तविक कथा उठान गरिएको भन्दै निर्मातालाई बधाइ दिए ।
 
अभिनेता सुशिल श्रेष्ठसहित संचारकर्मीको टोली लिएर निर्माता रावल सपरिवार अहिले टोक्यो भ्रमणमा छन् । निर्माताद्धय सुवास लामिछाने र इश्वर श्रेष्ठ जापानमै बसोबास गर्छन् ।
 
पुष्पराज न्यौपाने निर्देशित सिनेमामा सुशिल र स्यारोन श्रेष्ठको मुख्य भूमिका छ । यो रोमान्टिक योङस्टर ड्रामा सुरज सुब्बा नाल्बो निर्देशित अघिल्लो सिनेमाको फ्रेन्चाइज हो । सिनेमा असार ३० गते देशव्यापी प्रदर्शन हुँदैछ ।
15 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.