Font   font-increse   font-dicrese

कुसुमे रुमाल, ताण्डव, फिटकिरी अभिनेता परियारको हत्या

अभिनेता विक्रम परियारको अज्ञात समूहद्धारा हत्या भएको छ । सोमबार स्थानिय तहको चुनावमा मतदान गरि घरतर्फ फर्कँदा तनहुँको ब्यास नगरपालिका १ मा उनको हत्या भएको प्रहरीले जनाएको छ । 

 

 

 

 
आफन्तका अनुसार मतदानपछि उनी साथीहरुसँग घुम्न निस्किएका थिए । ब्यासस्थित छाला फ्याक्ट्री नजिकै उनी मृत भेटिएका थिए । उनीसँगै रहेका भनिएका स्थानिय देवनारायण श्रेष्ठ पनि घाइते भएको प्रहरी निरिक्षक विजयराज पण्डितले जनाए । 
 
दिउँसो करिब ४ बजेतिर भएको घटना लगत्तै अस्पताल लगिएका परियारलाई रत्नहरि अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनास्थल नजिकै फालिएको अवस्थामा मोटरसाइकल फेला पारेको छ । 
 
घटनाको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ । केही प्रत्यक्षदर्शीले युवाहरुसँग भनाभन भएको बताएका छन् । चुनावी विवादलाई लिएर झडप हुँदा परियारको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 
 
नेपाली सिनेमा 'ताण्डव', 'कुसुमे रुमाल', 'फिटकिरी'सहित टिभी सिरिज दलनमा समेत परियारले अभिनय गरेका छन् । अनुप बरालको एक्टर स्टुडियोमा स्थापना कालदेखि नै उनी स्वर एवं संगीत शिक्षक थिए । 
 
‘हामीले रंगकर्मका एक असल गुरु गुमाएका छौं’ बरालले सम्झिए, ‘रंगमंचमा थिएरिटिकल संगीत भर्न सक्ने एउटा सामथ्र्यवान सर्जक गुमाएका छौं ।’ आफ्नो रंगकर्म करियरका मिल्ने साथीको रुपमा बरालले उनलाई सम्झिए । 
0 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.