Font   font-increse   font-dicrese

दीपक क्षेत्रीलाई एनआरएन नेदरल्यान्डबाट सहयोग

 अभिनेता दीपक क्षेत्रीको स्वास्थ्योपचारका लागि रकम संकलन हुने क्रम जारी छ । देश विदेशबाट उनलाई लाखौं रकम संकलन भैरहेको छ । फिल्म, कलाकार र सामाजिक संघसंस्थाले सहयोगी हात अघि बढाइरहेका छन् । 

 

 

 
युरोपेली मुलुक नेदरल्यान्डबाट क्षेत्रलाई थप रकम जुटेको छ । नेदरल्यान्डबाट हिमाल गुरुङ, अभिनेत्री वर्षा खड्का र राजु गुरुङले उक्त रकम प्रदान गरेका हुन् । गुरुङ नेदरल्यान्डस्थित गैरआवसिय नेपाली संघका अध्यक्ष समेत हुन् । 
 
डिल्लीबजारस्थित डेरामै पुगेर गुरुङले सहयोगी राशी हस्तान्तरण गरे । कलाकारको सेवामा सहयोग गर्न पाउँदा आफूलाई खुशिको लागेको बताउँदै गुरुङले राष्ट्रले यसतर्फ गम्भिर हुनुपर्ने बताए । घाँटीमा मासु पलाएपछि स्वर गुमाउँदै गएका क्षेत्रीलाई अहिलेसम्म उपचारमा झन्डै ३० लाख जति संकलन भएको छ ।  
15 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.