Font   font-increse   font-dicrese

गैंडाको टिभी सिरिजमा राजेश हमालदेखि आर्यनसम्म

 निर्मल शर्माको विशेषता मानवीय नुसेन्स र एजेन्डालाई गतिलो व्यंग्य गर्न सक्नु हो । तीतो सत्य फेम्ड अभिनेता एवं निर्देशकका लागि नयाँ टिभी सिरिज टेन टु फाइभ महत्वपूर्ण बन्न सक्छ ।

 

 

 
यसैसाता रिलिज भएको ट्रेलरमार्फत शर्माले सिरिजमा औपचारिक कमब्याकको सन्देश दिएका छन् । विगतमा एनटीभीमा प्रसारण हुने तीतो सत्यमा गैंडा नामले चर्चित शर्मा प्रसारण तयारीमा रहेको एपी वान टीभीमा यो अफिस ड्रामा जानराको सिरिज लिएर आउँदैछन् । 
 
 
 
 
उनले प्रत्येक एपिसोडमा कार्यालयभित्र हुने समस्या र द्धन्द्धलाई चित्रण गर्ने तयारी गरेका छन् । राजेश हमाल, आर्यन सिग्देलदेखि मुलुकभित्रका सुपरस्टारलाई प्रत्येक एपिसोडमा खेलाउने गरि उनी तयारीमा जुटेका छन् । 
 
‘म कर्पोरेट लेभलभित्र हुने अफिसियल द्धन्द्ध र ढोंगलाई चित्रण गर्न चाहन्छु’ शर्माले भने, ‘यो अफिस ड्रामा हो र सोहीअनुसार पात्रहरुको कास्टिङ हुनेछ ।’ तीतो सत्यमा गैंडाले टीमअप गरेका रवि शर्मा घाटो समेत मुख्य रोलमा चित्रित हुनेछन् । 
 
ट्रेलरमा रजनी केसी, ऋषि धमला लगायतका अनुहार समेत छन् । तयार हुनूस, गैंडाको कमब्याकका लागि । 
8 dislike 6

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.