Font   font-increse   font-dicrese

मनिषा कोइराला संजय दत्तकी आमा बन्ने
मेरोसिनेमा, ४ फागुन (काठमाडौं)

अभिनेता संजय दत्तको जीवनमाथि बन्न लागेको बायोपिक सिनेमाको प्रिपोडक्सन तीव्र रुपमा अघि बढ्दैछ । राजकुमार हिरानी फिल्म निर्देशन गर्दैछन् । 

 

 

 
निर्माण कम्पनीले केही नामहरु फाइनल गरेका छन् जसले धेरैलाई रोचक तुल्याउनेछ । कुनै समय बलिउडमा अभिनय र सौन्दर्य छरेकी नेपाली अभिनेत्री मनिषा कोइराला फिल्मभित्र संजय दत्तकी आमा नरगिसको भूमिकामा खेल्दैछिन् । 
 
संजय दत्तको भूमिकामा भने रणवीर कपुर देखिँदैछन् । मनिषालाई कास्ट गर्न लाग्नुको कारणबारे हिरानीले भने, ‘हामीले धेरै अभिनेत्री खोजेका थियौं । मनिषा सुन्दर र मिहेनती हुन् । मैले उनलाई लिनुको मुख्य कारण भनेको उनले क्यान्सरसँग लडिन् र मुक्त भइन् । संजयकी आमा नरगिस पनि कुनैबेला क्यान्सर पीडित थिइन् । 
 
फिल्ममा अनुष्का शर्मा पत्रकारको भूमिकामा देखिँदैछन् । सोनम कपुर भने संजयकी लभ इन्ट्रेस्टको रुपमा । 
5 dislike 7

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.