Font   font-increse   font-dicrese

हमालले हेरे 'डाइङ क्यान्डल', भन्छन् : अब कला अघि बढ्नुपर्छ

राजेश हमालले 'डाइङ क्यान्डल' हेर्नुमा के अर्थ राख्छ ? अवश्य पनि अर्थ राख्छ किनभने विस्तारै मेनस्ट्रिमबाट हट्ने जमर्कोमा छन् । यी महानायकले ललितपुर मल्टिप्लेक्समा सिनेमा हेरे अनि छोटो रिभ्यू गरे । 

 

 

 
‘पुस्तक पनि फरक फरक खालका नै हुन्छन् । सबै एकै खालका हुँदैनन् । सिनेमाको कुरा पनि त्यस्तै नै हो । कोही गीत, फाइट भएका हुन्छन्, कोही हुँदैनन्’ हमालले भने । 
 
‘दिदी र भाइबीचको आत्मीय सम्बन्धलाई लिएर हिमाली भेगको स्थानीय जनजीवनलाई देखाइएको छ । अभावमा रहेको परिवारको संघर्ष र उतारचढावलाई देखाइएको छ । समग्रमा मलाई चलचित्र राम्रो लाग्यो’ हमालले भने । 
 
उनीसँगै सिनेमा हेर्न गायिका आस्था राउत पनि हल पुगेकी थिइन् । ‘मानिसहरु कफी पिएर पैसा खेर फालिरहेका हुन्छन् तर, उक्त पैसाले गाउँका अभावहरु टार्न सकिन्छ’ उनले भनिन् । 
 
सोही दिन दीपकराज गिरी, दीपाश्री निरौला र विकास आचार्यले पनि नरेश केसी निर्देशित सिनेमा हेरे । यद्यपी, सिनेमालाई समिक्षकले मिश्रित रिभ्यू दिएका छन् । फिल्मले विहिबार पनि मल्टिप्लेक्समा ७० प्रतिशतको अकुपेन्सी कायम राखेको केसीले बताए । 
 
यस साता नयाँ ठूलो रिलिज नभएको फाइदा पनि डाइङ क्यान्डलले उठाउन सक्छ । सिंगल स्क्रिन लक्षित मेरो देश रिलिज भएपनि मल्टिप्लेक्समा चल्ने एकमात्र नेपाली सिनेमा यही नै हो । 
17 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.