Font   font-increse   font-dicrese

‘प्रेमगीत २’ फर्कियो देश, क्लाइमेक्स छायांकन तयारीमा

‘प्रेमगीत २’ क्लाइमेक्स छायांकनलाई तयार छ । म्यानमार र थाइल्यान्ड छायांकनपछि क्रिउ देश फर्कियो । सेट खडा गरेर बाँकी छायांकन राजधानीमा पाँचदिनसम्म हुने निर्माण कम्पनी आशुसेन प्रोडक्सनले उल्लेख गरेको छ । 

 

 

 

 

 

 
काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारातलमा सुटिङ सकियो । २४ सदस्यीय टीम पूर्वी एसियाली दुई मुलुकमा छायांकनका लागि त्यसतर्फ हानिएको थियो । 
 
पर्यटन अर्थतन्त्रमा आधारित थाइल्यान्डको पथैया, सिल्भर लेक, कोसिचाङ टापु लगायतका थलोमा फिल्मांकन भयो । दस दिन लामो छायांकन तालिकापछि क्रिउ ५ लाख नेपाली भाषी बसोबास गर्ने म्यानमारको माण्डले सहर पुग्यो । 
 
आधादर्जन बर्मेली प्राविधिक लिएर माण्डले पहाड, माण्डले दरबार, ऐतिहासिक पुलमा फिल्मांकन गरियो । ‘विदेश सुटिङले हामीलाई उत्साहित तुल्याएको छ’ निर्माता सन्तोष सेनले भने, ‘अब काठमाडौंमा क्लाइमेक्स छायांकनलाई रेडी छौं ।’
 
यसपटक म्युजिकल ड्रामा जानरा थप गरिएको ‘प्रेमगीत २’ मा म्यानमारस्थित नेपाली डायस्पोराको कथा पनि प्रस्तुत गरिएको छ । दोस्रो विश्वयुद्धपछि त्यहाँ बस्दै आएका समुदायकी नेपाली पात्रसँग देशको प्रेम गाँसिएको छ । 
 
अश्लेषा ठकुरी र प्रदीप खड्काबीच निर्देशक रामशरण पाठकले केमेस्ट्री निर्माण गरेका छन् । अढाइ करोड अनुमानित बजेट निर्धारण गरिएको प्रोजेक्टले ती देशहरुको पर्यटनमा पनि योगदान दिने विश्वास निर्माण कम्पनीले लिएको छ । 
 
9 dislike 14

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.